१२ मार्च हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारको स्वास्थ अधिकारीले चीन उत्पादित साइनोभ्याक कोरोनावाइरस भ्याक्सिन ग्रहण गरेको  ९ दिन पछि एक ७० वर्षीया महिलाको निधन भएको कुरालाई पुष्टि गरेकाछ्न।

हङकङमा फेब्रुअरी २६ तारीखबाट परिचालित कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेपछि निधन हुने उनी चौथो व्यक्ति हुन।
स्वास्थ बिभागबाट प्रकाशित विवरणमा मृतकको शरीरमा उच्च रक्तचाप र घुडामा ओस्टियोअथ्राइटिस ( जोर्नी दुख्ने रोग) रोग भएको जनाइएको छ।

मार्च ११ तारीख बिहीबार बिहान उनलाई सास फेर्न गाह्रो भएको थियो  र दिउँसो आफ्नै निवासमा  अकस्मात ढलेपछी उनलाई क्वङ वाह अस्पतालमा भर्ना गराइएको थियो र तेहि दिन  दिउँसो उनको निधन भएको थियो ।

उनको परिवारको एक सदस्यले स्वास्थ अधिकारीलाई दिएको जानकारी अनुसार उनले मार्च २ तारिख काउलुन बे स्पोर्ट्स सेन्टरमा परिचालित खोप वितरण केन्द्रमा खोप लगाएकी थिइन।

तपाईको प्रतिक्रिया