१३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ४७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन।

जसमा ४ आयातित  र बाकी ४३ जना  स्थानीय केस रहेकाछ्न।
४ जना आयातित केसवाला सबैले कोरोनाभाइरसको नयाँ नस्ल N501Y बोकेर आएकाछ्न। N501Y अन्तर्गत पर्ने बेलायती नस्लधारीको केस संख्या हङकङमा ३७ पुगेकोछ, साउथ अफ्रिकी नस्ल ८, र ब्राजिल नस्ल ५ पुगेको छ। २५ वटा केसको नस्ल छुट्टीन बाँकी नै छ।

४ वटा आयातित अन्तर्गत एक जना पाकिस्तान ,२ जना नेदरल्यान्ड र १ जना दुबईबाट आएका परेका छ्न।

स्थानीय केस मध्ये ३९  केस पुर्व केससंग संबंधित रहेको  छ भने ४ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,२५८  पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ११ वर्ष  देखि  ८२ वर्ष बीचका २५ जना पुरुष र २२ जना महिला परेकाछन।

आज थपिएका पुष्टि  ३५ केसहरु  ग्राउन्ड फ्लोर , युनिट २-४,६४-६८ पोक फु लाम रोड , साइ यिङ पुनमा पर्ने अर्सस फिट्नेस सेन्टरबाट  आएकाछ्न। जस मध्येमा १० जना ( क्लोज कन्ट्याक्टमा रहेका समेत ) फिटनेसका कर्मचारी परेकाछ्न भने  २५ जना कस्टमरहरु रहेकाछ्न।

अर्सस फिट्नेसबाट संक्रमित हुनेको कुल संख्या ९९ पुगेकोछ। यी ९९ जना भित्र  ७ जना  कर्मचारी , ७५ जना ग्राहक  र १७ जना घनिष्ठ संपर्कमा रहेका मानिसहरु परेकाछ्न। यो फिटनेसमा पहिलो केस मार्च ६ तारीख देखा परेको थियो ।

आज करिब १०जना प्रारम्भिक पोजिटिभ केस देखा परेकाछ्न।

तपाईको प्रतिक्रिया