१५ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न। आजको आयातितमा १४ जना परेकाछ्न।


आजको आयातितमा केसमा ५ जना फिलिपिन्सबाट  आएका डोमेस्टिक हेल्पर र ५ जना पहिल्यै आएका फिलिपिन्स डोमेस्टिक हेल्पर ,१ जना टोङगो बाट , १ जना बंगलादेश , १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र २ जना पाकिस्तानबाट फर्किएका यात्रु परेका छ्न।

१२ जना आयातितजनले कोरोनाभाइरसको N501Y नस्ल बोकेर आएकाछ्न। यो नस्ल बोक्ने ९ जना फिलिपिन्सका छ्न भने २ जना पाकिस्तानबाटका छ्न।  हङकङमा कोरोनाभाइरसको रूपान्तरित स्वरूपधारी केसको कुल संख्या ८७ पुगेको छ जस अन्तर्गत  कोरोना भाइरसको बेलायती संस्करणधारिको संख्या ३७ , साउथ अफ्रिकी संस्करण ८ ,ब्राजिल भेरिएन्ट ५ र प्रजाती छुट्याउनु बाँकी रहेको संख्या ३७ रहेकोछ।

स्थानीय केस मध्ये १५  केस पुर्व केससंग संबंधित रहेको  छ भने १ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,३१२ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १७ वर्ष  देखि  ८१ वर्ष बीचका १३ जना पुरुष र १७ जना महिला परेकाछन।

आज दस जना प्रारम्भिक पोजेटिभ केस देखा परेका छ्न जसभित्र युएस कन्सुलेट्का दुई जना स्टाफ पनि परेकाछ्न।

डाइनास्टी कोर्ट निवासी युएस कन्सुलेटमा काम गर्ने ४० र ४१ वर्षका एक पुरुष र एक नारी दुबै लक्षणहिन भाइरसधारी रोगी हुन जसलाई मिड लेवलमा भएको  रात्रिकालिन एम्बुस लक डाउनले पत्ता लगाएको थियो । स्वास्थ बिभागले कन्सुलेटका सबै स्टाफलाई अनिवार्य कोरोना टेस्टमा जान भनेको छ।

आज देखा परेका अज्ञात स्रोतवाला रोगी हुन लाई चि कोक स्थित पाइन केयर एल्डरली सेन्टर निवासी  ८१ वर्षका पुरुष । त्यस तल्लाका २८ निवासी र १६ जना स्टाफहरुलाई क्वारेन्टाइनमा राखिसकिएकोछ।

आज थपिएका पुष्टि  १३ नयाँ  केसहरु  ग्राउन्ड फ्लोर , युनिट २-४,६४-६८ पोक फु लाम रोड , साइ यिङ पुनमा पर्ने अर्सस फिट्नेस सेन्टरबाट  आएकाछ्न। जस मध्येमा ९ जना  क्लोज कन्ट्याक्टमा रहेका  मानिस परेका छ्न भने  ४ जना कस्टमरहरु रहेकाछ्न।

अर्सस फिट्नेसबाट संक्रमित हुनेको कुल संख्या १२२ पुगेकोछ। यी १२२ जना भित्र  ७ जना  कर्मचारी , ८५ जना ग्राहक  र ३० जना घनिष्ठ संपर्कमा रहेका मानिसहरु परेकाछ्न।


अर्सस फिट्नेस सेन्टरबाट घनिष्ठ सम्पर्कमा परेको पुष्टि भैसकेको मानिसको संख्या ८६० पुगेकोछ जस मध्ये कोहि अनिवार्य परिक्षण र क्वारेन्टाइनमा गैसकेका छ्न। घनिष्ठ संपर्क सुचीमा परेका विभिन्न परिवारका सदस्य संख्या २,२०० पुगेको छ जसले अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने भएकोछ। यी परिवारका सदस्यहरु बस्ने १०० भन्दा बढी भवनलाइ अनिवार्य परिक्षण सुचीमा दर्ज गरिसकिएको छ। जीम क्लस्टरमा अहिलेसम्म कोरोना भाइरसको नयाँ प्रजाती भेटिएको छैन ।

तपाईको प्रतिक्रिया