१६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा फेब्रुअरी २६ तारीखबाट जनसमुदायव्यापी कोभिड भ्याक्सिन वितरण परियोजनालाई जारी राख्ने क्रममा साइनोभ्याक भ्याक्सिन ग्रहण गरे पश्चात् ७ जनाको निधन भैसकेको छ र यी सात मृत्युको पछाडि साइनोभ्याक भ्याक्सिनको प्रत्यक्ष भुमिका नरहेको खुलासा छानबिन आयोगले गरिसकेको छ। त्यसो त  हङकङ सरकारले खरिद गरेको बायोएन्टेक कोमिनार्टी भ्याक्सिनको पनि नकारात्मक असर दुई जनालाई परेको देखिएकोछ।

अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन हङकङ आइ नपुग्दै उता थाइल्यान्ड ,डेनमार्क ,आइसल्याण्ड,नेदरल्यान्ड , नर्वे र अन्य थुप्रै देशमा यो भ्याक्सिनको वितरण बन्द भएकोछ।

भ्याक्सिनबाट उत्पादित नकारात्मक प्रभावका बावजुद पनि  सरकारले भ्याक्सिन वितरण अभियानलाई बिशेष प्राथमिकता साथ व्यापक गर्दै लगिरहेछ। संभावित पाचौं लहरलाई भ्याक्सिनकरणबाट मात्र टार्न सकिने अभिव्यक्ति सरकार प्रमुख क्यारी लाम देखि  सरकारी विज्ञहरुले दिन थालेकाछ्न। र यथाशीघ्र सामुहिक रोग निरोधक सामर्थ्य (herd immunity) समाजमा स्थापना गर्ने सरकारको ध्येय रहेकोछ।

जनसेवा मन्त्री पेट्रीक निप र  खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानले मार्च १५ तारीख भ्याक्सिन प्राप्त गर्ने सुचीमा दुई वटा प्राथमिकता समुह थपेका छ्न। ती समुहमा विदेशमा अध्ययनरत १६ वर्ष माथिका विद्यार्थी र विदेशी घरेलु नोकरचाकर परेका छ्न। र ३०वर्ष भन्दा माथि ५९ वर्ष भित्रका मानिसले यो खोप लाउन पाउने अनुमति प्राप्त गरेकाछ्न।

मार्च  १६ तारीख पूर्वाह्न ९ बजेबाट पछि थपिएका प्राथमिकता समूहले बुकिङ वेबसाइटमा गएर भ्याक्सिनको लागि स्थान सुरक्षित गर्न सक्नेछ्न।

सामाजिक दुरि सम्बन्धि नियम खुकुलो पारेको नतिजा स्वरूप रेस्टुरेन्ट र फिटनेस सेन्टरबाट संक्रमण फैलिएर नयाँ  क्लस्टरको जन्म भएको ठहर स्वास्थ मन्त्री च्यानले गरेकी छिन।
महामारीको पुन आगमन हुने उच्च संभावना रहेको कुरा औल्याउँदै उनले हिजोको प्रेस बृफिङमा भनिन यदि पोजिटिभ पुष्ठिको संख्या जोडी अंक नै रहिरहयो भने र भ्याक्सिन लिने मानिसको संख्या पनि संतोषजनक भएन भने सामाजिक दुरिलाई कडाइ गर्दै केही स्थानहरु बन्द गर्नु पर्दछ।
भ्याक्सिन ग्रहण गर्नेको रेट संतोषजनक भएन भने सिमाना खुल्ला चाडै नहुने कुरा पनि उनले गरिन।

पछिल्लोपटक थपिएको भ्याक्सिन प्राप्त गर्ने प्राथमिकता समूह समेत जोड्दा हङकङको ५५ लाख नागरिक भ्याक्सिन प्राप्त गर्ने कोटिमा पर्दछ्न। यो संख्या भनेको हङकङको ८०% प्रतिशत जनसंख्या हो।

हङकङमा दुइ लाख भन्दा बढी नागरिकले खोप लिइसकेकाछ्न भने संसार भरमा १० करोड मानिसले हङकङले प्रयोग गरेको साइनोभ्याक र कोमिनार्टी भ्याक्सिन ग्रहण गरिसकेका छ्न।

नयाँ प्राथमिकता समुहलाई समेटेपछी हङकङमा भ्याक्सिन बुकिङ संख्या ह्वात्तै बढेकोछ। त्यसो त पर्ख र हेर को स्थितिमा पनि धेरै मानिसहरू बसेकाछ्न।

तपाईको प्रतिक्रिया