काठमाडौ । समाजसेवी पद्मा प्रधान संरक्षक रहेकी प्रेम- पुर्ण -प्रताप फाउन्डेसन र केबि सिन्धु समाजको सहकार्यमा दुई वटा आधारभूत बिद्यालयका छात्र, छात्रालाई शैक्षिक सामाग्री वितरण भएकोछ।

कृष्ण तामाङको पहलमा चैत १ गते आइतबार भएको यस कार्यक्रममा नुवाकोट जिल्लाका हिल्चे आधारभूत र विष्णुदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तर्गत स्कुले झोला प्रदान गरिएको थियो ।

गरिबी र अभावमा हुर्किएका बिशेषगरि टुहुरा , टुहुरी बालबालिकालाई यसरी यस पटक झोला वितरण गर्न सफल भएकोमा हामी खुसी छौं समाजसेवी पद्मा प्रधानले बताइन।

तपाईको प्रतिक्रिया