काठमाडौं । नेकपा (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने गौतमले बताए । उनले भने, ‘त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आह्वान गर्छु कि हामीसित वार्तामा आउनुस्, सँगै बसौं र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौं भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा ९एमाले० र नेकपा९माओवादी केन्द्र० हुनेछन् र तपाईंले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् ।’

एमालेभित्र अहिले समस्या रहेको भन्दै नेता गौतमले एमालेको जिम्मेवारी एकताबद्ध भएर मात्रै पूरा गर्न सकिने भएकाले पहल गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको बताए ।

संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधानविपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।

तपाईको प्रतिक्रिया