काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

‘चैत ५ गते जसपाको बैठक छ । त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’

सर्वोच्च अदालतको निर्णपछि आज बसेको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए ।

यस्तै राष्टिय सभामा दलको प्रतिनिधीको रुपमा दिनानाथ शर्मालाई कायम गरिएको पनि पुनले बताए ।

एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कनसमेत समय दिइएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया