काठमाण्डौं । हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् ।

पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् ।

शेरधन पत्नी जाङ्मुले मंगलबार बिहान फेसबुकमार्फत संखुवासभा पुगेको फोटोहरू सार्वजनिक गर्दै आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन् । साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन् ।

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले बताएकी छन् ।

तपाईको प्रतिक्रिया