१६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

नागरिक आन्दोलन २०१९ नसकिदै आएको कोभिड महामारीले हङकङको अर्थतन्त्रलाई धरायसी तुल्यायो । हालमा २६१,६०० भन्दा धेरै नागरिक हङकङमा बेरोजगार छ्न। गत तीन महिनादेखि यता फेब्रुअरी अन्तिम सम्मको तथ्यांक अनुसार बेरोजगारीको प्रतिशत ७.२%  पुगेको छ। विगत १७ वर्षको अवधिमा यो नै सबैभन्दा उच्च प्रतिशत हो।

हङकङको जनसंख्या तथा तथ्यांक बिभागले श्रम शक्तिबारे आज प्रकाशित गरेको आकडा अनुसार नोभेम्बर २०२० देखि जनवरी २०२१ सम्मको अवधिमा ७.०% प्रतिशत  र डिसेम्बर २०२० देखि फेब्रुअरी २०२१ सम्मको अवधिमा ७.२ % प्रतिशत जनसंख्या बेरोजगार देकाएकोछ।

अर्धबेरोजगारको अनुपात पनि वृद्धि भएर ३.८% प्रतिशतबाट ४.०% प्रतिशत पुगेको छ।

श्रम तथा कल्याण मन्त्री लो चि- क्वोङ भन्छन् – आयात निर्यात व्यवसाय,हुलाक तथा कुरियर , शिक्षा तथा  कला  र मनोरञ्जन क्षेत्रहरुमा बेरोजगारको अवस्था ज्यादै खस्केको छ।
रिटेल , फुड एन्ड वेभरेज सेक्टर र कला तथा मनोरञ्जन सेक्टरमा अर्ध बेरोजगार बढेको अवस्था छ उनले थपे।

स्मरण रहोस सन २००३ मा सार्स रोग आएको बेला हङकङको बेरोजगारी रेट ८.५% प्रतिशत पुगेको थियो ।

तपाईको प्रतिक्रिया