१७ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ११ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकि छिन । आजको आयातितमा ३ जना परेकाछ्न ८ जना स्थानीय केसमा परेका छ्न।

आजको आयातितमा केसमा २ जना फिलिपिन्सबाट  आएका  र १ जना बुल्गेरियाबाट आएका परेकाछ्न।

४ जना  N501Y नस्ल बोकेका रोगी भर्खरै पत्ता लागेको छ ।   हङकङमा कोरोनाभाइरसको रूपान्तरित स्वरूपधारी केसको कुल संख्या ९१ पुगेको छ जस अन्तर्गत  कोरोना भाइरसको बेलायती संस्करणधारिको संख्या ३७ , साउथ अफ्रिकी संस्करण ८ ,ब्राजिल भेरिएन्ट ५ र प्रजाती छुट्याउनु बाँकी रहेको संख्या ४१ रहेकोछ।

स्थानीय केस मध्ये ६ केस पुर्व केससंग संबंधित रहेको  छ भने २ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,४१ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ३ वर्ष  देखि  ५७  वर्ष बीचका ४ जना पुरुष र ७ जना महिला परेकाछन।

आज दस जना प्रारम्भिक पोजेटिभ केस देखा परेका छ्न ।

आज थपिएका पुर्व केससंग  संबंधित ५  नयाँ  केसहरु  ग्राउन्ड फ्लोर , युनिट २-४,६४-६८ पोक फु लाम रोड , साइ यिङ पुनमा पर्ने अर्सस फिट्नेस सेन्टरबाट  आएका छ्न। जस मध्येमा ४ जना  क्लोज कन्ट्याक्टमा रहेका  मानिस परेका छ्न  जसको सम्बन्ध पहिला संक्रमित कस्टमरसंग रहेको थियो । र  आज संक्रमित हुनेमा १ जना कस्टमर रहेकाछ्न।

अर्सस फिट्नेसबाट संक्रमित हुनेको कुल संख्या १३२ पुगेकोछ। यी १३२ जना भित्र  ७ जना  कर्मचारी , ८७ जना ग्राहक  र ३८ जना घनिष्ठ संपर्कमा रहेका मानिसहरु परेकाछ्न।

पुर्व केससंग संबंधित आजको एक जना नयाँ केसमा डाइनास्टी कोर्ट , मिड लेवल निवासी ३ वर्षको बच्चा परेकाछ्न। ती बच्चा जाने स्कुल हो वुडल्याण्ड मन्टेस्वरी एकेडेमी । जुन स्कुलको ठेगाना हो- ओन फङ बिल्डिङ, ११०-१११ काइन रोड, मिड लेवल्स ।

बच्चाको मातापितालाई पहिला संक्रमण भएको थियो । मातापिता युएस कन्सुलर जनरलका कर्मचारी रहेको बुझिएको छ। र यी तिनै केस अज्ञात स्रोतबाट संक्रमित हुनेमा पर्दछ्न। बच्चा जाने प्री- स्कुलका सबै कर्मचारी र विद्यार्थीहरु अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने भएको छ।

लक डाउन

आज देखा परेका अज्ञात स्रोतधारी २ वटा केसमा एक जना  मिस्टर ब्राउनमा काम गर्ने २७ वर्षका बारटेन्डर परेका छ्न ।उक्त बारटेन्डर रोगीले एक रात स्यङ वान स्थित आइक्लब स्यङ वान होटलमा पनि विताएका थिए ।
नम्बर ९ सीप स्ट्रीट , वान चाइ स्थित मिस्टर ब्राउनमा काम गर्ने दस जना भन्दा बढी स्टाफहरु अनिवार्य कोरोना परिक्षण जानुपर्ने भएकोछ।
ती रोगीको ठेगाना रहेको छ- ब्लक – बी, क्वान यीक  बिल्डिङ फेज -३, २७३ डेस भक्स रोड वेस्ट , साइ यीङ पुन ।


आज बेलुकी ७ बजेबाट यो भवनमा एम्बुस स्टाइलको रात्रीकालिन लक डाउन लागू गरिएको छ। यो भवनवासी सबैले बिहान २ बजे भित्र कोरोना टेस्ट गराइ सक्नुपर्ने छ र कार्वाही पूरा नभएसम्म कसैले आफ्नो वतन छोडेर कतै जान पाउने छैनन् ।

अर्को लक डाउन बेलुकी ८ बजे बाट बिहीबार ८ बजे समाप्त हुने गरि कजवे बे, ग्लोस्टर रोडमा पर्ने होइ कुङ कोर्ट र होइ तो कोर्टमा जारी गरिएकोछ।


सरकारी अधिकारीले दिएको जानकारी अनुसार लक डाउन बिहीबार बिहान सात बजे सकिनेछ जसले गर्दा बासिन्दाहरु काममा जान सकुन ।

महामारी बिरोधि बन्देज जारी

सरकारले हाल चालु महामारी विरोधी बन्देजलाई दुई हप्ता अर्थात मार्च ३१ तारीख सम्म थपेको छ। सामाजिक दुरि संबंधी हाल प्रचलित नियम अनुसार सार्वजनिक स्थलमा चार जना भन्दा बढी भेला हुन पाइन्न, फेस मास्क अनिवार्य लाउनु पर्दछ र रेस्टुरेन्टमा खान जादा आफ्नो निजि विवरण दिनु पर्दछ।


बार र पबहरु बन्द नै रहनेछ्न। लाइभ प्रस्तुति दिन पाइने छैन ।
रेस्टुरेन्टमा छिर्दा लिभ होम सेफ भन्ने मोबाईल एप अनिवार्य स्क्यान गराउनु पर्नेछ अन्यथा आफ्नो विवरण दर्ता गराउनु पर्नेछ।


रेस्टुरेन्ट बिहान ५ बजेबाट  बेलुकी १० बजे सम्म मात्र खोल्न पाइन्छ प्रत्येक दिन। रेस्टुरेन्टको कुल क्षमताको आधा संख्या ग्राहकलाई मात्र प्रवेश गर्न दिन पाइनेछ र एउटा टेबुलमा चार भन्दा बढी ग्राहकलाई बस्न दिन पाइने छैन ।

तपाईको प्रतिक्रिया