१९ मार्च २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङका संक्रामक रोग विशेषज्ञले हङकङले खरिद गरेको तीन वटा कोरिना भाइरस भ्याक्सिन मध्ये एक बायोएन्टेक मात्र कोरोनाभाइरसको नयाँ नश्ललाई पराजित गर्न सफल भएको तथ्यलाई अघि सारेकाछ्न १८ मार्च बिहीबार भएको प्रेस कन्फेरेन्स मार्फत । यस मानेमा सरकारले अस्ट्राजेनेका उत्पादित भ्याक्सिन खरिद गर्नको लागि  पुनर्विचार गर्नु पर्दछ पनि भनिएको छ।

विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसको युके र ब्राजिल प्रजातीसंग लड्न बायोएन्टेक उत्पादित भ्याक्सिन विशेष प्रभावकारी रहेको सार्वजनिक  तथ्यांकलाई  गम्भीर अध्ययन गरेपछि स्वास्थ रक्षण केन्द्रको मातहतमा रहेको दुई वटा विशेषज्ञको कमिटीले यो निष्कर्ष निकालेको हो।

साउथ अफ्रिकी भेरिएन्ट विरुद्ध लड्ने कुरामा पनि यो भ्याक्सिन प्रभावकारी नै छ तर तुलनात्मकरूपमा केहि कम प्रभावकारी देखिएको छ प्रोफेसर लाउ यु- यङले भने।

केही समयपछि हङकङ आउदै गरेको अस्ट्राजेनेका भ्याक्सिनले त कोरोना भाइरसको साउथ अफ्रिकी नश्ल विरुद्ध काम नगर्ने निचोड निकाले उनले।

कोरोना भाइरसको रूपान्तरित स्वरुप विरुद्धमा साइनोभ्याक भ्याक्सिनको प्रभावकारिताबारे यथेष्ट तथ्यांक बजारमा आइनसकेका कारण अहिले निष्कर्ष निकाल्न नमिल्ने कुरा लाउले गरे।
यधपी ब्राजिल , टर्की र इन्डोनेसियामा साइनोभ्याकबारे वृहत अध्ययन समाप्त भैसकेको छ , आशा छ अब चाँडै नयाँ  तथ्यांक आउनेछ।

“अस्ट्राजेनेकाद्वारा उत्पादित भ्याक्सिन खरिद गर्ने कि नगर्ने र यदि नगर्ने हो भने त्यसको सट्टामा कुन खरिद गर्ने  भन्ने विषयमा छलफल गर्न अझै समय छ हामीसंग ” लाउले पत्रकार भेलामा भने।
सरकारसंग यस बिषयमा निर्णय लिन अझै तीन चार महिना समय छ उनले थपे।

हङकङमा कोभिड-१९ को नयाँ नश्लधारी ( variant strains) को संख्या ९३ पुगेका छ्न । यी सबै केसहरु डिसेम्बर उप्रान्त शहर भित्रिएका हुन।

नयाँ नश्ल मध्येमा ५० वटा केसको आनुवांशिक विश्लेषण भैसकेको छ। जसमध्ये ३७ वटा युके भेरिएन्ट , पाँच वटा ब्राजिल स्ट्रेन र आठ वटा अफ्रिकी प्रजातिका छ्न।

वास्तवमा हङकङले अपनाएको क्वारेन्टाइन संबंधी  कडा मापदण्डले यी शहर पसेका नयाँ नश्ललाई  बाहिर गएर अरुमा संक्रमण हुन नदिएको कुरा लाउले पोखे।  तर यो नयाँ नश्लबाट संक्रमित केस मध्ये १०% केसमा भने १४ दिन पछि मात्र लक्षण देखा पर्छ। त्यही कारणले हङकङले क्वारेन्टाइनको अवधि २१ दिन बनाएको हो उनले भने।

” यदि क्वारेन्टाइनको अवधि १४ दिन मात्र बनाइएको हुदो हो त त्यो दस प्रतिशतले समुदायमा कतिलाई संक्रमित गराइसकेको हुन्थ्यो।” उनले भने। यो नयाँ प्रजाती उच्च संक्रामक क्षमता भएको साथै यसले ल्याउने बिमार झन साह्रो बनाउने खालको हुने चेतावनी पनि  दिए उनले ।

महामारी बिरोधि बन्देज खुकुलो तुल्याउने सम्बन्धि प्रश्नको उत्तरमा स्वास्थ रक्षण केन्द्रका पदाधिकारी रोनाल्ड लामले भने यदि कुल जनसंख्याको ५०% प्रतिशत नागरिकले भ्याक्सिन लगाइसकेको अबस्थामा महामारी सम्बन्धि नियमलाई खुकुलो पार्न सकिन्छ ।

तपाईको प्रतिक्रिया