काठमाडौं । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो उत्रिदै आएकी नेकपा एमालेकी युवा नेता रामकुमारी झाँक्री पार्टी कारवाही पर्नबाट जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछि रोकेको बताइएको छ ।

झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको एक नेताको भनाइ छ । बालुवाटारमा बसेको आजको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति बैठक सकिएको छ ।

तपाईको प्रतिक्रिया