चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए ।

‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, उनले भने । प्रधानमन्त्री बन्न भन्दा पनि आफू पार्टी बनाउन तर्फ लागेको देउवाले बताए । ‘यतिबेला म प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेको छु । मेरो प्राथमिकता नेपाली काँग्रेसलाई बलियो बनाउने हो’, देउवाले भने ।

साथै उनले चुनावको तयारीका लागि आपसी मतभेद र झगडा त्यागेर अगाडि बढ्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरे।

तपाईको प्रतिक्रिया