२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङकि चिफ एक्जेकेटिव क्यारी लाम उनको सरकारको उच्च पदाधिकारी र एक्जेकेटिव काउन्सिलका सदस्यहरुले एकैसाथ साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको पहिलो खुराक ग्रहण गरेर भ्याक्सिनकरण परियोजनालाई उदघाटन गरेका थिए ।


आज मार्च २२ तारिख लाम र उनका पदाधिकारीहरुले साइनोभ्याकको दोस्रो डोज सरकारी प्रधान कार्यलयमा ग्रहण गरेकाछ्न। आज दिउँसो नै  एक्जेकेटिव काउन्सिलका गैरसरकारी सदस्य तथा लेजिलेटिव काउन्सिलका सदस्यहरुले साइनोभ्याक कोरोनाभ्याक भ्याक्सिनको दोस्रो डोज लाउने भएकाछ्न।
भ्याक्सिन लगाइसके पछि लामले पत्रकारलाई भेटेकी थिइन।

केहि मुठ्ठी भरका स्वास्थकर्मी नै आज चीन उत्पादित साइनोभ्याक भ्याक्सिनको बदनाम गर्दै   हिडेकोमा  क्यारी लामले आफू  ज्यादै दुखित भएको कुरा प्रकट गरिन।
“केहि मुठ्ठी भरका मानिस आज हाम्रो प्रयासलाई तहसनहस पार्ने योजनामा लागेकाछ्न जसको भत्सर्ना गर्न चाहन्छु म।” लामले प्रेस ब्रीफिङ्मा भनिन।

” आज केहि स्वास्थ क्षेत्रमा काम गर्ने मानिसहरु स्वयं फेक न्युज, गलत सूचना र भ्रमपुर्ण कुराहरु सामाजिक संजाल र अन्य माध्यमबाट फैलाउनु लागि परेकाछ्न।” उनले भनिन

हङकङमा हाल सम्ममा सरदर ३५०,००० नागरिकले कोभिड-१९ भ्याक्सिनको पहिलो डोज ग्रहण गरिसकेका छ्न। १६ वर्ष नाघेका हङकङको कुल जनसंख्याको ५.३ प्रतिशत नागरिकले मात्र भ्याक्सिन लगाएको देखिन्छ।

हङकङले चलाएको दुइटै भ्याक्सिन उत्तिकै सुरक्षित रहेको भन्दै लामले सम्पुर्ण हङकङ नागरिकलाई भ्याक्सिनको दोस्रो खुराक नियोजित समयमा नै ग्रहण गर्न अनुरोध गरिन। दोस्रो डोज नलगाएमा पहिलो डोज खेर जाने कुरा सम्झाइन उनले।


हालै कोरोनाभाइरस संक्रमित संख्या घटेको कुरालाई हल्का लिन हुन्न र यो महामारीलाई रोकथाम र नियन्त्रण गर्ने चिज भ्याक्सिन नै भएको कुरामा उनले जोड दिइन।
भ्याक्सिनको नकारात्मक असर परेका केहि केसको तुलनामा भ्याक्सिनले गर्ने फाइदा नै बढी छ भन्दै थपिन ” इन्जेक्सन नहुनु भन्दा हुनु धेरै राम्रो हो ।”

प्रशासन मन्त्री म्याथिउ च्यङ , न्याय मन्त्री टेरेशा चेङ, जनसेवा मन्त्री पेट्रीक निपले पनि भ्याक्सिनको दोस्रोपटक डोज लिएकाछ्न।

तपाईको प्रतिक्रिया