२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

३४ वर्षका पेशाले डिजाइनर लि चाक- लामलाई जिल्ला अदालतले आज सोमबार हुलदंगा मच्चाएको कसुरमा ३ वर्ष ९ महिना जेल सजाय तोकिदिएको छ।


अगस्ट ५ तारीख २०१९ सालमा वाङ ताइ सिनको लुङ च्यङ  रोडमा भएको सरकार बिरोधि आन्दोलनमा प्रहरीले कर्डन गरेको एरियामा हेल्मेट ,छाता, प्रहरीले फ्याकेको अश्रु ग्यासको डब्बा टिपेर उल्टै प्रहरी तिर फ्याकेको आरोप लागेको थियो उनी माथि ।

जिल्ला न्यायाधीश स्टेनली च्यानले भने अभियुक्त घटनास्थलमा पक्राउ परेका थिए र उनी विरुद्धको प्रमाण एकदम ठोस थियो ।(भिडियो टेप)

लिले घटना घटेको बेला मास्क, हेल्मेट र पन्जा लगाएका थिए , त्यसैले यो घटना पुर्व नियोजित थियोे न्यायाधीशले भने।
उनले योजनावद्व ढंगले अरुलाइ पनि त्यो दंगामा लाग्न उकासेको कुनै त्यस्तो प्रमाण भेटिएन तर प्रहरीसंगको झडपमा उनी अग्रपंक्तिमा थिए भने न्यायाधीशले ।

न्यायाधीशले अभियुक्तको क्रीमिनल रेकर्ड सफा रहेको देखेपछि साढे पाँच वर्षको सजायलाई घटाएर तीन वर्ष ९ महिना तुल्याइदिएका हुन।

तपाईको प्रतिक्रिया