कवि पत्रकार तथा साँस्कृतिक अभियान्ता सन्देश सुब्बाको सम्झनाको आँधी गजल सग्रहको बिमोचन आज ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा बिमोचन भयो सुब्बाको यो दोस्रो कृति हो । यसअघि उनको ‘आगोको सौन्दर्य’ कवितासङ्ग्रह प्रकाशित छ । कृतिमाथी साहित्यकारहरु ललीजन रावल बिमला तुम्खेवा, सकुन्तला जोशी र प्रकाश आङदेम्बेले बोल्नुभएको थियो यसैगरि राजनीतिज्ञद्वय वीर नेम्बाङ, श्रीप्रसाद जबेगु र प्राज्ञ अमर तुम्याहाङले लेखकलाई शुभकामना दिएका थिए । गजलसङ्ग्रह ‘सम्झनाको आँधी’लाई निम्बल पब्लिकेशनले बजारमा ल्याएको हो ।

 

तपाईको प्रतिक्रिया