२३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

वेस्ट काउलुन इलाका प्रहरीको ट्याक्टिकल युनिट र वेस्ट काउलुन जिल्ला प्रहरीको स्पेसल तास्क फोर्सले इमिग्रेसन र लेबर डिपार्टमेन्टसंग मिलेर २२ तारीख बिहानैदेखि अवैध श्रम विरोधी कार्वाही चालेको थियोे । करिब १८ घंटा चलेको यो कार्वाही बेलुकी ८ बजे तिर समाप्त भएको थियो ।

प्रहरी अधिकृतहरुले काउलुन सिटि ,याउ मा तेइ, चिम शा चुइ, मङ कोक र साम शोइ पो एरियामा रहेका विभिन्न रेस्टुरेन्ट , किराना पसल र खाना बेच्ने दोकानमा छापा मारेको थियो ।


यस कार्वाहीमा १९ देखि ६५ वर्ष बीचका  ९ जना पुरुष र ११ जना महिला पक्राउ परेका थिए । पक्राउ पर्नेमा १ जना स्थानीय पुरुष र ३ जना  स्थानीय महिला , १ जना चाइनिज पुरुष र १ जना चाइनिज महिला ,७ जना गैर चाइनिज पुरुष  र ७ जना गैर चाइनिज महिला , ४ जना पाकिस्तानी , ५ जना इन्डोनेसियन, २ जना फिलिपिनो ,२ जना भिएतनामी र एक जना नेपाली परेकाछ्न।

पक्राउ पर्नेमा ३ जना टुरिष्ट भिसा भएकाहरू परेका छ्न। पक्राउ पर्नेहरूमा ७ जना हङकङ आइडी कार्ड बाहक परेका छ्न।

पक्राउ परेका ३ पुरुष , ३ महिला (जस अन्तर्गत १ स्थानीय पुरुष ३ स्थानीय महिला र २ जना गैर चाइनिज ) लाई अबैध कामदारलाई काममा लगाएको शंकामा पक्राउ गरिएको थियो ।


पक्राउ परेका ५ पुरुष र ८ महिला (जसभित्र २ जना मेनल्याण्डबाट आएका एक पुरुष एक महिला , ४ जना गैर चाइनिज पुरुष र ७ जना गैर चाइनिज महिला ) लाई क्रमशः “हङकङ बस्न पाउने अधिकारको उलंघन गरेको” , “ओभर स्टे भएको “, ” नक्कली परिचय कागजात बोकेको ” र ” चोरी गरेको” शंकामा पक्राउ गरिएको थियो ।


कार्वाहीको दौरानमा करिब हङकङ  डलर २,७०० पर्ने ११ ग्राम गाँजासहित एक १९ वर्षका फिलिपिनो पुरुष पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई अनुसन्धान पस्चात अध्यागमन बिभाग र अपराध अनुसन्धान शाखा याउ चिम मोङ जिल्ला प्रहरी कार्यलयमा पठाइनेछ।

तपाईको प्रतिक्रिया