काठमाडौं । बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छन् ।

मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका छन् । मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तपाईको प्रतिक्रिया