काठमाडौं । झण्डै ६ महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक बस्ने भएको छ । आइतबार प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश मन्त्रिपरिष्दको सिफारिसमा प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे पाँचौँ अधिवेशनको आह्वान गरेका छन् । यसअघि कार्तिक ३ मा प्रदेशसभा बैठक बसेको थियो ।

जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन हुन नसक्दा प्रदेशसभा बैठक बस्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थिएन । अझै जसपाले संसदीय दलको नेता चयन गर्न सकेका छैन । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आफ्नै सांसदले प्रदेशसभा बैठक राख्न दबाब दिएपछि मन्त्रिपरिषद्ले सिफारिस गरेको बुझिएको छ ।

लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै कांग्रेस सांसद नरेश यादवले प्रदेशसभा नै विघटन गर्न माग गरेका थिए । देशको राजनीतिक घटनाक्रमका विषयमा समेत प्रदेशसभामा छलफल हुन नसकेको भन्दै कांग्रेस सांसदहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

तपाईको प्रतिक्रिया