२९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोभिड -१९ महामारीको स्थिति अध्यावधी नियन्त्रणमा आउदै गरेको अवस्था छ। लगातार २ दिन शुन्य स्थानीय संक्रमण देखिनु आफैमा एउटा उपलब्धि हो।

त्यसउसले सरकारले सामाजिक दुरि संबंधी मापदण्डलाई नरम तुल्याउने सोच लिएको कुरा स्रोतले बताउदछ।
मार्च १७ तारीख हङकङले थपेको सामाजिक दुरि संबंधी नियमको म्याद  यहि मार्च ३१ तारीख समाप्त हुदैछ।

बिशेष गरि धार्मिक क्रियाकलाप गर्न छुट दिने कुरा र सार्वजनिक स्विमिङ पुल , समुद्र किनार तथा अन्य विलास गृहहरु ( थिएटर ) पुनर्संचालन हुने सुचीमा परेका छ्न। महामारी प्रतिरोधक मापदण्डलाई कुन हदसम्म नरम तुल्याउने विषयमा आउदो ३० मार्च मंगलबार कार्यकारी तहको बैठकमा छलफल हुने भएकोछ।

सरकारले धार्मिक क्रियाकलापको लागि कुल सिट क्षमताको ३० प्रतिशत वा सो भन्दा न्यून संख्यामा भेला हुन दिने कुरा चलिरहेकोछ।

महामारीको प्रकोपले स्विमिङ पुलहरु बन्द भएको झन्डै ३०० दिन पुगिसकेकोछ। हङकङ टिममा संलग्न खेलाडी बाहेक यस इन्डस्ट्रीका सबैजसोले बेरोजगार बस्नु परेकोछ। कतिपयले त आफ्नो पेशा नै परिवर्तन गरिसकेका छ्न।

यो महामारी प्रतिरोधक मापदण्डलाई इस्टर र चिङ मिङ चाड अगाडि या पछाडि खुकुलो गर्न उचित भन्नेबारे पनि बहस चलिरहेको अवस्था छ। यस बिषयमा मेडिकल एशोसिएसनसंग संबद्ध एक संक्रामक रोग विशेषज्ञ जोसेफ चाङ भन्छन् लामो बिदापछि संक्रमण फर्किएको अनुभव छ हामीसंग। त्यसैले लामो समय अवधिसम्म महामारी नियन्त्रणमा रहेको अवस्था आयो भने मात्र सामाजिक दुरि संबंधी नियम खुकुलो पार्न उचित हुन्छ।

स्वासप्रस्वास संबंधी डाक्टर ल्यङ चि – चिउको धारणा पनि उस्तै छ। यदि इस्टर चाडको बिदा पछि कोभिड केस निरन्तर घटिरहेको स्थिति रहेमा तुलनात्मक रूपमा कम जोखिम भएका क्षेत्रहरू खोल्न सकिन्छ ।

उनी थप्छ्न स्रोत खुल्न नसकेका केसको संख्यामा आधा जस्तो नै कटौती आइ रहेछ प्रत्येक हप्ता , जसले राम्रो संकेत दिएकोछ। तर मेरो विचारमा हङकङले स्थानीय संक्रमणलाई पुर्णतः निर्मुल गर्न अर्को महिना कुर्नुपर्ने हुन्छ।

आरटिएचके रेडियोमा बोल्ने क्रममा उनले भने “हङकङमा महामारीको चौथो लहर शुरु भए यता अज्ञात स्रोतवाला केसमा यस्तो पाराले गिरावट आएको पहिलो चोटि हो। सोकारण स्थिति सकारात्मक छ। “

“मलाई लाग्छ अज्ञात स्रोतधारी केसको शुन्य उपस्थितिलाई अझै एक हप्ता अवलोकन गर्नु पर्छ र सामुदायिक संक्रमणको मौन साङ्लोलाई तोड्न अझ चार हप्ता कुर्नु पर्छ।”

उनले जनसमुदायलाई सुरक्षित रहन अपनाउनु पर्ने सबै कसर बाकी नराख्न अनुरोध पनि गरेकाछ्न। तेस्रो लहर सकियो भनेर महामारी निरोधक नियमलाई नरम पारेको परिणामस्वरूप गत वर्ष डान्स स्टुडियोहरुबाट संक्रमणको मुल फुटेको कुरा हामीले बिर्सनु हुन्न उनले थपे ।

तपाईको प्रतिक्रिया