३१ मार्च। काठमाडौ । गरिबी र अभावमा गुज्रीरहेका बालबालिकाको लागि पठनपाठन सामाग्री देशका कुनाकाप्चामा रहेका पाठशालामा वितरण गर्ने कार्य  प्रेम पुर्ण प्रताप फाउन्डेसनले  गर्दै आएको छ। यस पटक यो फाउन्डेसनले भोजपुरको बिद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ। 
भोजपुर नगरपालिका-१ भाम्राङ स्थित श्री सिंह देवि माध्यमिक विद्यालयको प्रागणमा सांस्कृतिक कार्यक्रम सहित करिब ३०० जना जनसमुदायको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण होलि पर्वको दिन पारेर सप्पन्न गरिएको थियोे ।
अविभावक संघका अध्यक्ष एवं भोजपुर नगरपालिका वडा नं १ का कार्यवाहक अध्यक्ष टेकबहादुर तामाङ्को सभापतित्व तथा जिल्ला समन्वय समितिका सदस्य टंकबहादुर तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। फाउन्डेसनको इन्चार्ज दोर्जे लामा विशेष अतिथिको रुपमा रहेको सम्पन्न सो कार्यक्रममा अथितिको रुपमा फाउन्डेसनका प्रतिनिधि ममता तामाङ, मिलन श्रेष्ठ र दिपा खड्का रहेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय प्रेमबहादुर तामाङ र पेमा तामाङ, महिला समुहकी अध्यक्ष फुलमाया भुजेल, महिला स्वयंसेविका सबिना भुजेल अविभावक बिर्खबहादुर तामाङ, बालकुमार पाख्रीन, प्रधानाध्यापक रामकुमार तामाङ लगाएत सम्पुर्ण शिक्षकहरु उपस्थित थिए।

सो अवसरमा  विद्यार्थीहरुलाइ १३५ थान किताब बोक्ने झोला वितरण गरिएको थियो । एक थुकी सुकि सय थुकी नदि भने झै यथाशक्य  आफ्नो तर्फबाट शैक्षिक क्षेत्रमा योगदान गरौं जसले गर्दा अरुलाइ पनि यस्तै कर्म गर्ने प्रेरणा मिलोस भन्ने उदेश्य स्वरुप  फाउन्डेसनले हरेक बर्ष देशका  विभिन्न जिल्लामा शैक्षिक जागरण ल्याउन  काम गर्दै आइरहेको छ।
स्मरण रहोस  यसभन्दा पहिले दोलखा, सिन्धुपाल्चोक, धादिङ, धनकुटा लगाएतका जिल्लाहरुमा शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्य फाउन्डेसनले गरिसकेको छ।

फाउन्डेसनका इन्चार्ज दोर्जे तामाङले फाउन्डेसनको परिचयात्मक  मन्तव्य राख्दै काठमाडौंबाट भोजपुरको यस विद्यालयसम्म फाउन्डेसनको शैक्षिक सामाग्रीहरु पुर्‍याउन सहयोग गर्नुहुने वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत संचारकर्मी आरडी क्रीएसन(RD Creation) अनलाइन डटकमका प्रधान सम्पादक एवं गैर आवासीय  नेपाली संघ (NRNA) कुवेतका महासचिव दिलकुमार पाख्रीनलाई धन्यवाद प्रकट गरेका थिए । आगामी नया शैक्षिक सत्रमा यहि विद्यालयका तीन जना गरिब  तथा जेहेन्दार छात्र छात्रालाइ छात्रवृत्ति दिने प्रतिबद्धता समेत व्यक्त गरे इन्चार्ज तामाङले।

तपाईको प्रतिक्रिया