३१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले आर्थिक वर्ष २०२१-२२ को बजेट वक्तव्यमा हङकङ वासिन्दालाई हङकङ डलर १,००० बराबरको  विद्युत महसुल तिर्नलाई  अनुदान रकम प्रदान गर्ने कुरा उल्लेख थियो । उक्त रकम जम्मा १२ किस्तामा यही जुन महिनाबाट हस्तान्तरण हुने भनिएकोछ ।

हङकङमा छाएको आर्थिक मन्दी र महामारीले जनजीवनमा ल्याएको प्रतिकुल असरलाइ सम्बोधन गर्न सरकारले धेरै किसिमको आर्थिक राहत ल्याएको थियो २०२१-२२ को बजेटमा ।  जस मध्ये प्रत्येक योग्य आवासीय वैद्युतिक खाता वालालाइ हङकङ डलर  एक हजार पाउने कुरा पनि समेटिएको  थियोे ।


सिएलपी पावर हङकङ लिमिटेड वा हङकङ इलेकट्रीक कम्पनी लिमिटेड मध्ये जुनै कम्पनीको आधिकारिक एकाउन्टमा सरकारले उक्त रकम लगाइ दिने भएकोछ १२ किस्तामा। जस अनुसार प्रत्येक महिना हङकङ  डलर ८० को दरले लगातार ११ महिना सम्म दिइने छ र बाह्रौं महिनामा हङकङ डलर १२० दिने प्रावधान रहेकोछ।

तपाईको प्रतिक्रिया