१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज बिहान करिब ८ बजे तिर हङकङको हुङहाम ह्वाम्पो गार्डन्  स्थित फेज ५ ओक मेन्सनको एउटा फ्लाटमा आफनै श्रीमतीको हत्या छुरी प्रहारबाट  एक ४९ वर्षका पुरुषले गरेकाछ्न। आफ्नो दुई जना छोरालाई घाइते बनाइ अन्तमा आत्महत्या गरेका थिए उनले।

४८ वर्षकि  श्रीमतीको हत्या गरेपछि उनलेे जेठा छोराको कोठामा छिर्ने प्रयास गरेका थिए । आफू सुतिरहेको अवस्थामा रहेको बेला जब पितालाइ उनलेे छुरी उज्याएर आफुतिर आउदै गरेको देखे तब हतपत छुरी खासेर बाहिर गए। बाहिर आमा भुइँमा रगत सरि लडिरहेकी थिइन र भाइले उनलाई प्राथमिक उपचार गरिरहेका थिए । कान्छा छोराद्वारा प्रहरीलाई अघि नै खबर भैसकेको थियो । घटना स्थलमा एउटा कुकुर पनि मृत अवस्थामा थियो । घटना भएको बेला यसको पनि हत्या भएको थियोे।

घटना पश्चात् पिताले भान्सा घरभित्र पसि  ढोका बन्द गरेर आत्महत्या गरेका थिए ।
हत्याको खबर थाहा पाएपछि प्रहरीले ढोका फोडेर घर भित्र पसेका थिए ।

१५ र १८ वर्षका दुवै छोराको घाटि र काधमा छुरी प्रहारबाट चोट लागेको थियोे । चारै जनालाई क्युइन एलिजाबेथ अस्पताल पठाइएको थियोे । दुबै अभिभावकको मृत्यु ९ बजे तिर प्रमाणित गरिएको थियोे ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लोग्नेले एक आइटी कम्पनी संचालन गर्दथे। हालै आएको आर्थिक संकटका कारणले यो घटना निम्त्याएको प्रहरीको अनुमान छ। यो जोडी विवाह बन्धनमा बाँधिएको २५ भएको थियो र लोग्नेमा कुनै त्यस्तो मानसिक रोग भएको इतिहास थिएन ।

तपाईको प्रतिक्रिया