२ अप्रिल २०२१ । हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले बायोएन्टेक भ्याक्सिनेसन कार्यक्रमलाई पुन निरंतरता दिने कुरा अप्रिल १ तारीख बिहीबार घोषणा गरेकोछ। जर्मनीबाट आएको नयाँ ब्याचको भ्याक्सिन यही अप्रिल ५ देखि पुन वितरण हुने भएकोछ। स्मरण  रहोस पहिला वितरित पहिलो ब्याचको भ्याक्सिनको प्याकेजिङमा खराबी देखिएपछि १२ दिनको लागि भ्याक्सिन वितरण कार्य बन्द हुने स्थिति  आएको हो।

मार्च २४ तारीख भ्याक्सिन उत्पादक कम्पनीको अनुरोधमा बायोएन्टेक भ्याक्सिनको वितरणमा रोक लगाइएको थियो  ।उक्त दिन ५७ वटा इन्जेक्सनको शिसीमा खोट देखिएको थियो । भ्याक्सिन निलम्बन हुदा करिब १८०,००० एपोएन्ट्मेन्ट लिइसकेका मानिस जसभित्र ३०,००० जना दोस्रो डोज बुक गर्नेमा पर्दछ्न लाई असर परेको थियो ।

कोभिड -१९ खोप परियोजनाका नेतृत्व सम्हालेका जनसेवा मन्त्री पेट्रीक निपले भ्याक्सिनको सेफ्टी अर्थात प्रभावकारितामा कुनै खोट अनुसन्धानले नभेटेको कुरा स्पष्ट पारेका छ्न।
जसले अप्रिल ५ तारीखदेखि उता भ्याक्सिन बुक गरेकाछ्न उनिहरुले बुक गरेको समयमा नै भ्याक्सिन प्राप्त गर्नेछ्न निपले भने।

अप्रिल  ४ तारीख वा सो भन्दा अगाडिको समय तालिकामा दोस्रो डोज प्राप्त गर्ने गरि कसैले बुक गरेका छ्न भने उनिहरुलाई  अप्रिल  ५ देखि १० तारीख भित्रको नयाँ एपोइन्टमेन्ट उपलब्ध गराइनेछ।

पहिलो डोजको बुकिङ ज जसको क्यान्सिल भएको थियोे उनीहरुले आउने दिनमा समय र मिति सहितको  नयाँ एपोइन्टमेन्ट एसएमएसबाट प्राप्त गर्नेछ्न निपले भने।

हालसम्म ५२०,३०० डोज भ्याक्सिन वितरण भैसकेको छ जसमध्ये सरदर  ४६६,३०० जनाले भ्याक्सिनको पहिलो डोज ग्रहण गरिसकेका छ्न। करिब ३१५,००० व्यक्तिले साइनोभ्याक भ्याक्सिन लिएकाछ्न भने बायोएन्टेक भ्याक्सिन लिनेको संख्या करिब १५१,३०० पुगेकोछ। करिब ५४,००० जनाले साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज लिइसकेका छन।

१६ वर्ष नाघेका कुल जनसंख्याको करिब सात प्रतिशतले अहिलेसम्ममा सुइ लगासकेको आकडा निपले पेस गरे र यो संख्या सामुहिक रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्नको निम्ति प्रशस्त छैन उनले थपे।

तपाईको प्रतिक्रिया