हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १९ वटा कोरोना केस   देखा परेको छन।


जस अन्तर्गत १२ आयातित र ६ स्थानीय केस पुर्व केससंग सम्बन्धित भने १ स्थानीय केस अज्ञात स्रोतबाट  आएकाछ्न।


१२  जना आयातितहरुमा फिलिपिन्सबाट आएका ६ जना डोमेस्टिक हेल्पर (सबै जना कोरोनाभाइरसको भेरिएन्ट N501Y बाहक परेकाछ्न) , इन्डोनेशियाबाट आएका दुई जना डोमेस्टिक हेल्पर, १ जना पाकिस्तानबाट फर्किएका ( जो कोरोना भाइरसको नया भेरिएन्ट N501Y बाहक हुन),  १ जना बोत्स्वाना बाट  फर्किएका, र १ जना क्यानाडाबाट र एक जना आयरल्यान्डबाट आएका नावालक रहेकाछ्न ।


आज संक्रमण हुनेमा ५ महिना देखि ७२ वर्षका  ७ जना पुरुष र १२ जना महिला परेका छ्न।

हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,५०० पुगेको छ ।

हङकङ कोरोना डायरी

.याउ चिम मोङ जिल्लामा पर्ने काउलुन पार्क स्पोर्ट्स सेन्टरमा कोरोना संक्रमित व्यक्तिको भ्रमण भएका कारण आज बेलुकी ८ बजेबाट भोलि बिहान ७ बजे सम्मको लागि बन्द गरिएको छ।

. बायोएन्टेक कम्पनीद्वारा उत्पादित कोमिनार्टी भ्याक्सिनको ३००,००० थान डोज फोसुन फार्मा कम्पनी मार्फत आज दिउँसो आइपुगेको थियोे ।

. इन्डोनेसिया र फिलिपिन्सबाट  धेरै संक्रमित केस भित्रीएका कारण उक्त देशबाट  कसैलाई पनि केहि समयको हङकङ आउन रोक्का गर्न विज्ञको सुझाव दिए।

. आज अपरान्ह ५ बजे तिर सेन्ट्रलको नम्बर ४९ पिल स्ट्रीटमा एकजना बिदेशी नागरिकले मास्क लाउन नमानेपछि प्रहरीले उनलाई फिक्स पेनाल्टीको टिकट दिएका थिए । आबेशमा आइ ती व्यक्ति प्रहरीमाथी जाइलागे।केही क्षणको घम्साघम्सीपछि उनलाई पक्राउ गरि प्रहरी थाना लगियो।

तपाईको प्रतिक्रिया