क्रान्ति सुब्बा

इस्टर आइतबारको दिनलाई संसारभरका जिसस अनुयायीहरुले  मृत्यु भएको तीन दिनपछि जिसस क्राइष्ट चिहानबाट पुनर्जीवित भएर  उठेको  दिनको रूपमा मनाउछ्न। यहुदी कुलमा जन्मिएका जीसस एक धार्मिक गुरु र ईश्वर पुत्र थिए भन्ने विस्वास रहिआएको छ। करिब  दुई हजार वर्ष अघि अर्थात ३० एडिमा  रोमन सम्राटको आदेशमा उनलाई कल्भरी डाँडामा क्रुसमा टागेर मारिएको थियोे । मृत्यु भएको तीन दिन पछि उनी पुनर्जीवित भै स्वर्गतिर लागेका थिए ।

अधिकांश क्रीस्चियनहरु मरेपछि यसैगरी स्वर्ग गइन्छ भनेर सोच्दछ्न। त्यसैले नयाँ जिवनको प्रतीकस्वरूप इस्टरलाई नयाँ लुगा लगाएर , फुलले वातावरण सजाएर , गीतसंगीतका साथ धुमधाम कतिपय क्रीस्चियनले मनाउने गर्दछ्न।

इस्टर भन्ने नाम जर्मनकि  ( एङ्लो- स्याक्सन)  देवी ओएस्टर बाट आएको हो। यी देवीको महिमाको लागि प्रत्येक वर्ष वसन्त ॠतुमा स्प्रीङ फेस्टिवल मनाइन्छ । कतिपय क्रीस्चियन चर्चले चाहिँ मार्च  २२ देखि अप्रिल २५ बीचको समयमा मनाउदछ्न। वसन्तको पहिलो पुर्णिामाको पहिलो आइतबार यो तिथि पर्ने गर्दछ।

वास्तवमा चर्च क्यालेन्डर अनुसार प्राथना र उपवासको चालिसौ दिन हो इस्टर जसलाई अंग्रेजीमा लेन्ट (चालिसा) भनिन्छ। यो समयमा जीसस क्राइस्ट बिना अन्न ४० दिन मरुभूमिमा गएको कुरामा पनि  विस्वास गरिन्छ।

इस्टरको अघिल्लो हप्तालाई  पवित्र हप्ता भनिन्छ । यो पवित्र हप्ता पाम सन्डेको दिन पर्दछ जुन दिन जीससको सवारी यरुसलेममा भएको थियो । त्यसबेला उनका अनुयायीले उनी हिड्ने बाटोमा श्रद्धा स्वरुप ताड पत्र वर्षाएका थिए ।

पवित्र बिहीबारको दिन जिससले आफ्ना शिष्यका साथमा अन्तिम भोजन ग्रहण गरेका थिए । र भोलिपल्ट गुड फ्राइडेको दिन जिससलाइ क्रसमा टाँगेर काटी ठोकिएको थियोे । सो शुक्रबार दिउसोको तीन बजेको घडीलाई जीससले सहेको अन्तिम पिडाको संझना गरिन्छ संसारका चर्चहरुमा।

इस्टरको बिहान उनको वौरी उठाइको पर्व मनाइन्छ । इस्टरको अघिल्लो रात भक्तजनहरु क्यान्डल जुलुसमा पनि निस्कने गर्दछ्न। इस्टरको दिन उपवासको समय सकिन्छ र मानिसहरु परिवार , साथीभाइ जम्मा खानेपिउने गर्दछ्न।

केही प्रतीकहरु

भेडालाइ इस्टरको एउटा महत्त्वपूर्ण प्रतीकको रूपमा गणना गरिन्छ । यो कुराको शुरूवात प्राचीन हिब्रु निस्तार पर्व संग जोडिएको छ। उसबेला इश्वरले इजरायलीहरुलाइ आफ्नो जेठो छोरोलाइ मृत्युबाट बचाउनको निम्ति घरको ढोकामा भेडाको पाठोको रगतको छाप लाउनु भनेका थिए । क्रीस्चियनहरुले पनि भेडाको पाठोलाइ प्रतीक रूपमा लिने  गर्छन र जीससलाई ईश्वरको भेँडा भन्ने गरिन्छ।

इस्टरको अर्को चिन्ह हो अन्डा । सबै जीवन अन्डाबाट नै प्रारम्भ हुने भएकोले यसलाई जीवनको प्रतीकको रूपमा हेर्ने गरिन्छ। प्राचीन पर्सिया र इजिप्ट परम्परा अनुसार अन्डालाइ वसन्त ॠतुको प्रतीकको रूपमा हेरिन्छ र यसलाई रंगिचंगी बनाएर खाने गरिन्छ।

तपाईको प्रतिक्रिया