५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार हिजो अप्रिल ४ तारिख  हङकङमा देखिएका जम्मा सात वटा कोरोना केस   सबै आयातित  थिए  । ४ देखि ४८ वर्ष बीचका ५ जना महिला र २ जना पुरुष हिजोको आयातित सुचीमा परेका थिए ।
ती  आयातित मध्येमा पाँच जना भारतबाट आएका  र सबैले कोरोना भाइरसको भेरिएन्ट N501Y बोकेका थिए  ,एक जना फिलिपिन्सबाट ,बाकी एक जना इन्डोनेसियाबाट आएका थिए ।

भारतबाट आएका पाँच जना रोगीहरु एउटै जहाज फ्लाइट नम्बर AI1310 मा २२ मार्चका दिन हङकङ आएका थिए । २ पुरुष र ३ महिला रहेका ती रोगीहरुमा कुनै लक्षण देखिएको थिएन र क्वारेन्टाइन बसेको बाह्रौं दिनमा मात्र पोजिटिभ देखिएको थियो । ती मध्येमा तीन जना नर्थ पोइन्टको रामादा प्लाजा होटेल र बाँकी दुइजना क्रमशः तुङ चुङको शेराटन फोर पोइन्ट र साइ यिङ पुनको रामादा हङकङ हार्वर भिउमा बसेका थिए ।

यो पाँच केसका कारणले दिल्लीबाट हङकङ आउने एयर इन्डिया हवाइजहाजलाई हङकङ सरकारले मार्च २४ देखि अप्रिल ६ तारीख सम्मको लागि प्रवेश निशेध गरेकोछ।

हङकङमा आज १६ वटा कोरोना संक्रमित केस देखिएकाछ्न जसमध्ये १५ जना आयातित र १ जना अज्ञात स्रोतवाला स्थानीय परेकाछ्न। आजको संक्रमितमा १० देखि ४२ वर्ष भित्रका ७ पुरुष ९ महिला परेकाछ्न।

१५ जना आयातित केस अन्तर्गत ५ जना भारतबाट ( जसमा २ जना कोरोना भाइरसको नयाँ भेरिएन्ट N501Y धारी परेका छ्न ),चार जना पाकिस्तानबाट (जसमा जसमा २ जना कोरोना भाइरसको नयाँ भेरिएन्ट N501Y धारी परेकाछ्न) र छ जना फिलिपिन्सबाट (जसमा ४ जना कोरोना भाइरसको नयाँ भेरिएन्ट N501Y धारी परेकाछ्न)

कोरोना भाइरसको नयाँ भेरिएन्ट N501Y धारीको कुल संख्या हङकङमा १७३ पुगेको छ। जस अन्तर्गत बेलायती भेरिएन्ट ७१ वटा, साउथ अफ्रिकी भेरिएन्ट २० वटा र ब्राजिल भेरिएन्ट ५ वटा रहेका छ्न। बाकी रहेका ६५ केसको नस्ल छुट्याउनु सकिएको छैन।

हङकङमा कोरोना संक्रमित हुनेको कुल संख्या ११,५२५ पुगेको छ।

कोभिड डायरी

. प्याकेजमा त्रुटि देखीएपछी निलम्बन भएको कोमिनार्टी भ्याक्सिन वितरण परियोजना आजबाट पुन परिचालित भएकोछ।

.हङकङमा कोभिड विरुद्धको खोप शुरु भएको आज ३८ औं दिन भयो। फेब्रुअरी २६ तारीखबाट खोप शुरु भएको हो। अहिलेसम्ममा ५५६,१०० डोज भ्याक्सिन जनसमुदायमा वितरण भैसकेको छ।

.इस्टरको विदामा  दुरस्थ द्विप ,थिम पार्क ,सपिङ मल र समुद्र किनारमा भिडभाड हुने क्रम बढेकोले भाइरस संक्रमण बढ्ने संभावना रहेको विज्ञको राय।

. ६२ वर्षीय एक पुरुषको साइनोभ्याक भ्याक्सिन लगाएको २५ दिन पछि हृदयघात भइ अप्रिल २ तारीख शुक्रबार मृत्यु भयो। हङकङमा कोभिड-१९ भ्याक्सिन लगाएपछि मृत्यु हुनेको कुल संख्या १४ पुगेकोछ। जसमा साइनोभ्याक भ्याक्सिन लाउने १२ जना र कोमिनार्टी भ्याक्सिन लाउने २ जना रहेका छ्न।

तपाईको प्रतिक्रिया