७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

दुई जना चोरहरुले घरमा एक्लै भएकी १२ वर्षीय किशोरीलाई निशुल्क मास्क वितरण गर्न आएको भनी ढोका खोल्न लगाइ भित्र पसि लुटपाट गरेका थिए अप्रिल १ तारीख बिहीबार साँझ ६.३० बजे। पुरुष चोरले वालिकामाथी  यौन हिंसा गरेर त्यसको भिडियो रेकर्ड समेत गरेका थिए ।

ती बेरोजगार अवस्थामा रहेका दुई चोर मध्ये एक ४७ वर्षका पुरुष थिए जो अप्रिल ६ तारीख बिहान सात बजे पक्राउ परेका थिए  भने  अर्कि चोर हुन एक ३८ वर्षकी महिला जसलाई अप्रिल ४ तारीख आइतबार रातको ११ बजे प्रहरीले समातेको थियोे ।

उक्त पुरुषलाई  ” चोरी “, “१६ वर्ष मुनिको नावालिका माथी अभद्र व्यबहार गरेको” , र “नावालकको अस्लिल भिडियो बनाएको” अभियोगमा पक्राउ परेका थिए । उनको फोनमा यौन दुर्व्यवहार गरेको भिडियो फुटेज फेला पारेका थिए प्रहरीले ।

उक्त महिलालाई ” चोरी”  र ” खतरापूर्ण लागू पदार्थ बोकेको ” अभियोगमा प्रहरीले पक्राउ गएको थियो । प्रहरीले उनको साथमा हेरोइन भन्ने लागू पदार्थको न्यून डोज फेला पारेका थिए ।

प्रहरीका अनुसार ती दुई अभियुक्त अप्रिल १ तारीख साँझ ६ बजे तिर साउ माउ पिङ इलाकामा पर्ने ओन ताइ स्टेटका विभिन्न अपार्टमेन्ट मध्ये कुनमा छिर्ने भनेर दाउ हेरिरहेका थिए ।

केही समयको अन्तरालमा ती वालिका आफ्नो फ्लाटमा एक्लै रहेकोे पत्ता लगाए तिनीहरुले।
शुरुमा हामी फ्री मास्क वितरण गर्न आएको भनेर झुक्याएर ती वालिकालाइ ढोका खोल्न लगाए। वालिकाले ढोका नखोले पछि कुकुर सरकारी  घरमा पालेको कुराको पोल खोली दिने भन्दै धम्क्याएपछी उनीहरु घर भित्र प्रवेश गर्न सफल भए।

त्यसपछि वालिकाको अपार्टमेन्टमा लुटपाट मच्चाउन थाले ।करिब हङकङ डलर ५,६०० बराबरको धनमाल लुट्न सफल भए। जसभित्र हङकङ डलर १,३०० नगद , सुनको चुरा र मोबाइल फोन थिए ।
त्यसैबेला त्यो पुरुषले ती वालिका माथि यौन दुर्व्यवहार गरे र त्यसो गरेको भिडियो समेत मोबाइल फोनले रेकर्ड गरे।
त्यसपछि उनीहरु त्यहाँबाट भागे।

केही समयपछि ती पीडित किशोरी आफैले साउ माउ पिङ प्रहरी कार्यलयमा आफैले केस रिपोर्ट गरिन।

साउ माउ पिङ प्रहरी अधिकारीका अनुसार   यी दुई संदिग्ध अपराधी बीच कुनै त्यस्तो बिशेष संबन्ध नरहेको र सह अपराधी रूपमा मात्रै काम गरेको बुझिएकोछ र यिनिहरु साम सोइ पो एरियामा अड्डा जमाएर बस्ने गर्ने गरेको पाइएको छ।

“अभिभावकले बालबालिकालाई घरमा एक्लै छोड्नु हुन्न र कसैले यस्तो स्थितिको सामना गर्न पर्ने स्थिति आयो भने प्रहरीलाई तुरुन्त रिपोर्ट गर्नु ” प्रहरी अधिकारीले भने।
प्रहरीका अनुसार पीडित बालिका सेकेन्डरी स्कुलका छात्रा हुन भने उनी आफ्नो सिंगल मदरसंग बस्दछिन।

तपाईको प्रतिक्रिया