७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ८ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ६ जना आयातित र २ वटा केस अज्ञात स्रोतबाट  आएका छन।

६ जना आयातित मध्ये  एक जना इजिप्टबाट ,भारतबाट  २ जना , पाकिस्तानबाट  २ जना ( दुबै जना कोरोना भाइरसको म्युटेसन भेरिएन्ट N501Y धारी हुन) र एक जना फिलिपिन्सबाट (N501Y भेरिएन्टधारी )

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या ११, ५४० पुगेको छ भने मृत्यु संख्या २०५ पुगेको छ। आज दर्ता भएका केसमा १ वर्ष देखि ७१ वर्ष बीचका ५ पुरुष र ३ महिला परेका छ्न।
आज सरदर १० जना प्रारम्भिक पोजिटिभ केस देखा परेका छ्न।

कोरोना डायरी

मार्च ६
.खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यानले जनजीवनलाई सामान्य तुल्याउनको लागि  कम्तीमा पनि  कुल जनसंख्याको आधाले भ्याक्सिन लगाएको हुनु पर्दछ भनिन । अहिले भ्याक्सिन लाउनेको दर २० प्रतिशत भन्दा तल रहेकोछ। सामुहिक रोग प्रतिरोधात्मक शक्ति संचय गर्न करिब ७० प्रतिशत जनसंख्याले भ्याक्सिन लगाएको हुनु पर्दछ।
भ्याक्सिन लाउनेको दर बढेमा सामाजिक दुरि सम्बन्धि नियमलाई खुकुलो पार्दै लान सकिने कुरा पनि  च्यानले राखिन।
हङकङ युनिभर्सिटीको माइक्रोबायोलोजी बिभागले नाकमा स्प्रे गर्न मिल्ने भ्याक्सिनको परिक्षण सुरु भएको कुरा बताइन।

मार्च ७
.हङकङ सरकारका सल्लाहकार डेभिड हुइले रेडियो आर्टिएचकेको अन्तर्वार्तामा सरकारले अर्डर गरेको ७५ लाख डोज अस्ट्राजेनेका कोरोनाभाइरस भ्याक्सिन क्यान्सल गर्न सुझाव दिएकाछ्न । यो भ्याक्सिन लगाएपछि रगत जम्ने (cerebral venous sinus thrombosis – मस्तिष्कको नशामा रगत जम्नु ) समस्या युरोपमा देखिएकाले धेरै युरोपेली मुलुकले भ्याक्सिन निलम्बन गरेकोछ। त्यसमाथि अझ यो भ्याक्सिन साउथ अफ्रिकी भेरिएन्टसंग लड्ने मामिलामा कम्जोर देखिएकोछ उनले भने ।
मार्च ६ तारीख बेलुकी सम्मको तथ्यांक अनुसार ६१५,००० डोज भ्याक्सिन चलानी भैसकेको छ र ५००,००० भन्दा बढी नागरिकले भ्याक्सिन ग्रहण गरिसकेकाछ्न।

तपाईको प्रतिक्रिया