८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १० जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन।

जसमा ८ जना आयातित र  एउटा केस अज्ञात स्रोतबाट  आएको छ । बाँकी एउटा केस पुर्व रोगीको संसर्गबाट सरेर आएकोछ। पुर्व रोगीको संसर्गबाट संक्रमित स्थानीय केस अन्तर्गत पर्ने रोगी एक तीन वर्षकी बालिका हुन।

८  जना आयातित मध्ये ५ जना फिलिपिन्सबाट(४ जना महिला १ जना पुरुष )  र ३ जना इन्डोनेसियाबाट आएका महिला परेकाछ्न ।

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या
११, ५५० पुगेको छ ।

अज्ञात स्रोतवाला केस अन्तर्गत ७० वर्षकी सेवा निवृत्त महिला परेकी छिन । ऊनीमा कोरोना भाइरसको कुनै लक्षण देखा परेको थिएन । अप्रिल ६ तारीख अर्कै रोग जाच्न चुन मुन अस्पतालमा भर्ना हुँदा उनमा पोजिटिभ देखा परेको हो।
आँखाको ज्योति कम्जोर भएकी ती वृद्वा ब्लक -३,ओइ फाइ हाउस , याउ ओइ स्टेट , चुन मुनमा बस्छिन।

उनका परिवारका सदस्यले हप्ताको एकचोटि भ्रमण गरेका थिए । रोगीको २ जना साथी र परिवारका सदस्यहरु अनिवार्य टेष्टमा जानू पर्ने भएकोछ। ६ अप्रिलमा उनी अचानक लडेपछी हिजो अस्पताल भर्ना भएकी थिइन। उनको वार्डमा बस्ने अरु सात जना रोगीलाई घनिष्ठ संसर्ग सुचीमा राखिएकोछ।

तपाईको प्रतिक्रिया