१० अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

चुन मुन स्थित सरकारी आवासीय ब्लकमा दुई जना नयाँ कोरोना पोजिटिभ पुष्टि  केस थप भएपछि तत बिल्डिङका अरु धेरै वासिन्दाहरुलाई क्वारेन्टाइनमा लगिएको छ ।

आज हङकङमा देखा परेका पाँच जना कोरोना पोजेटिभ पुष्टि केस मध्येमा दुई जना स्थानीय रहेकाछ्न र  ती दुई जना स्थानीय केसमा एक जना ६६ र एक जना ६ वर्षका परेका छ्न । र यी दुबै चुन मुन  स्थित ब्लक ३ , ओइ फाइ हाउस , याउ ओइ स्टेट बाट आएका हुन।

उल्लिखित ब्लकको फ्लाट ३२ निवासी २ जना प्रारम्भिक पोजिटिभमा परेकाछ्न र उनिहरु संक्रमितजन कै पारिवारिक सदस्य हुन।

आजको आयातित ३ वटा केसमा फिलिपिन्स , भारत र पाकिस्तानबाट आउने एकेक जना परेकाछ्न।

हङकङमा कोभिड-१९ संक्रमण पुष्टिको कुल संख्या ११,५६४ पुगेको छ भने मृत्यु संख्या २०६ रहेको छ।

अप्रिल ९ तारीख सम्मको आँकडा अनुसार  हाल सम्म ७४३,६०० डोज कोभिड -१९ भ्याक्सिन जनसमुदायमा वितरण भैसकेको छ। जस अन्तर्गत ५४३,१०० जनाले पहिलो डोज लिएका छ्न। साइनोभ्याक भ्याक्सिनको पहिलो डोज लिनेको सरदर संख्या ३४२,८०० पुगेको छ भने बायोएन्टेक भ्याक्सिनको पहिलो डोज लिनेको सरदर संख्या २००,३०० पुगेको छ।
दोस्रो डोज लिनेको कुल सरदर संख्या २००,५०० पुगेको छ। साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज लिनेको सरदर संख्या १२७,६०० पुगेको छ भने भायोएन्टेक भ्याक्सिनको दोस्रो डोज लिनेको सरदर संख्या ७२,९०० पुगेकोछ।

तपाईको प्रतिक्रिया