न्युयोर्क , अमेरिका ।

गुगलमा प्रस्तुत तथ्यांक अनुसार सन १९७४ मा अमेरिकी नेपालीको जनसंख्या ५६ थियो र यही वर्ष नेपाली समुदायलाई पनि अमेरिकामा अस्तित्वमा रहेको एउटा छुट्टै जातीय समुहको रूपमा सरकारले मान्यता दिएको थियो । अमेरिकामा नेपालीको  कुल जनसंख्या १८२,३८५ रहेको छ। अहिले अमेरिकाको विभिन्न मेट्रोपोलिटन शहरमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेकोछ। अमेरिकी समाजको विभिन्न अवयबमा नेपाली समुदायको उत्तिकै मान्यता रहदै आएको छ आजभोलि ।

डेमोक्रेटिक पार्टीको तर्फबाट अहिले न्युयोर्क सिटि काउन्सिल सदस्यको उमेदवारमा चीनिया मुलका अमेरिकी यी चेन एन्डी (Yi Chen, Andy) उठेकाछ्न। चीनमा जन्मिएका चेन १३ वर्षको किशोर अवस्थामा नै मातापिताको साथमा अमेरिका गएका थिए । आप्रवासी अमेरिकीको हकहितको लागि वर्षौंदेखि उनी लड्दै आएका वर्ष ३२ का  चेन सो जिल्लाका कान्छो उमेदवार हुन  । नेपालीहरुको साथ र समर्थन  पनि उत्तिकै बटुल्न सफल भैरहेकाछ्न उनी।

न्युयोर्क सिटिको पच्चिसौं जिल्लाको जिल्ला सदस्यका उमेदवारको हैसियतले नेपाली समुदायको हितको निम्ति के कस्तो कार्यक्रम चेनसंग छ भन्ने कुरा अवगत गराउने उदेश्यले एक कार्यक्रमको आयोजना यही अप्रिल ११ तारीख आइतबार अपरान्ह ३:३० बजे  न्युयोर्क स्थित क्युइन्स ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा आयोजना हुने भएकोछ।

एण्डी चेनले नेपाली समुदायसंग सरोकार राख्ने तमाम हकहितका कुराहरु जस्तै नेपाली सामुदायिक भवन निर्माण गर्ने कुरामा , सरकारी निकायमा नेपालीको पनि प्रतिनिधित्व गराउने कुरामा, समान आर्थिक बिकास गराउने र नेपालीको पहिचानलाई  स्थापित गराउने कुरामा गम्भीर प्रतिबद्धता व्यक्त गर्दै आएको कुरा नेपालीको तर्फबाट क्याम्पेन म्यानेजरमा नियुक्त दीपेन्द्र लामाले बताए।

एसियन अमेरिकन कम्युनिटी इम्पावरमेन्ट एन्ड द कोलिसन अफ एसियन अमेरिकन फर सिभिल राइट्सका एक्जेकेटिव डाइरेक्टर रहेका  एन्डी चेनले गरेको सामाजिक कार्यको प्रभाव जिल्लाभरी प्रभावकारी र प्रसंशनिय रहेको कुरा आइतबार हुने कार्यक्रमका आयोजक तथा नेपाली अमेरिकी जनसंपर्क बिभागका संयोजक केशव राम राइले  जानकारी दिए।

चेनले नेपाली समुदायले आयोजना गरेको रक्तदान कार्यक्रममा पर्सनल प्रोटेक्टिव इकुइप्मेन्ट वितरण गरेका थिए । त्यसो त उनले कोभिड- १९ महामारीले जनमानस आक्रान्त भएको बेला सयौं स्वयंसेवक खडा गरेर खाना तथा औसधि बितरण गर्ने काम पनि गरेका थिए । बिजनेस कम्युनिटीलाई परिचालन गरेर फ्रन्ट लाइनमा खटिएका कामदारलाई ४००,००० भन्दा बढी थान पर्सनल प्रोटेक्टिव इ कुइप्मेन्ट बितरण गरेका थिए ।

“एशियालीलाई घृणा गर्न बन्द गर”  भन्ने नाराका साथ आयोजना भएको करिब २३,००० जनसहभागिता रहेको  जुलुसको मुल आयोजक चेन नै हुन जसमा नेपाली समुदाय पनि आयोजक कमिटीमा रहेको थियो ।

तपाईको प्रतिक्रिया