११अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ११ जना आयातित  र  २ वटा स्थानीय केस पुर्व केससंग संबंधित  परेका छ्न।

११  जना आयातित मध्ये ६  जना भारतबाट , २ जना पाकिस्तानबाट  २ जना इन्डोनेसियाबाट र १ जना वंगलादेशबाट आएका परेका छ्न।

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या
११, ५८२  पुगेको छ । जसमा १० महिना देखि ६७ वर्ष भित्रका ४ पुरुष र १० महिला परेकाछ्न।

आज देखापरेका दुबै स्थानीय केस एकजना ७१ वर्षका पुरुष र एकजना ६३ वर्षका महिला  ब्लक ३, ओइ फाइ हाउस, चुन मुन  निवासी हुन। ती दुबै जना युनिट ३२ निवासीका पारिवारिक सदस्य हुन।

तपाईको प्रतिक्रिया