१२ अप्रिल २०२१। हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ११ जना आयातित  र  २ वटा स्थानीय केस पुर्व केससंग संबंधित  परेका छ्न।

११  जना आयातित मध्ये ५ जना भारतबाट , ३ जना पाकिस्तानबाट  २ जना इन्डोनेसियाबाट र १ जना फिलिपिन्सबाट आएका परेका छ्न।

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या
११, ५९५ पुगेको छ ।

आज देखापरेका स्थानीय केस मध्ये एकजना १४ वर्षका बालक  ब्लक ३, ओइ फाइ हाउस, याउ ओइ स्टेट ,चुन मुन  निवासी परेकाछ्न जहाँबाट करिब ६ वटा केस यो भन्दा अघि आएकाछ्न।

कोरोना डायरी

.हङकङ युनिभर्सिटीका प्रोफेसर हो पाक- ल्यङले आज कमर्सियल रेडियोमा बायोएन्टेक भ्याक्सिनको सुरक्षा रेट उच्च र सुरक्षा काल पनि लामो भएको बताए । बायोएनटेक द्वारा उत्पादित  दोस्रो पुस्ताको यो भ्याक्सिनले कोरोना भाइरसको नयाँ नस्ललाई पनि  प्रभावकारी ढंगले तह लाउने भएकोले हङकङ सरकारलाई  यो भ्याक्सिन खरिद गरेर राख्न सिफारिस गरे।

.हङकङकि कार्यकारी प्रमुख आज खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यानको साथमा मिडिया कन्फ्रेन्समा आएकी थिइन । उनले इस्टर विदापछिको कोरोना संक्रमणबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने भएका कारण वर्तमानमा चालू रहेको सामाजिक दुरि सम्बन्धि नियम थप २८ दिन अर्थात अप्रिल २९ तारीख सम्म बढाइने कुरा बताइन। पुर्व सतर्कताको लागि यसो गर्नु परेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया