१३ अप्रिल २०२१ हङकङ ।
यही अप्रिल ११ तारिख आइतबार ओभरसिज नेपाली वर्कस एशोसिएसनले आफ्नो वार्षिक साधारणसभा सप्पन्न गरेकोछ। याउचिमोङ जिल्लाको जोर्डन स्थित आफ्नै कार्यलयको कक्षमा सम्पन्न भेलाका सदस्यहरुले सर्वसम्मतिबाट अर्को कार्यकालको लागि पुनः पुर्णिामा शाहलाई निर्वाचित गरेकोछ।
उक्त भेलाले शाहको अध्यक्षतामा अन्य पदाधिकारी पनि चयन गरेकोछ। ती पदाधिकारी मध्ये उपाध्यक्षमा युनिता गुरुङ , सचीवमा मिङमा शेर्पा , सह सचीव १ मा आयुसी पौडेल , सह सचीव २ मा पुर्णिामा शर्मा , कोषाध्यक्षमा कुमार गुरुङ , सह कोषाध्यक्षमा राम खड्का रहेकाछ्न ।
सदस्यहरुमा क्रमशः पदम खत्री , आरुही क्षेत्री , सन्ध्या क्षेत्री , प्रज्ञा गुरुङ , जुलि गुरुङ , इमा लिम्बु , शकुन्तला राई, अना प्रधान , बिनि लामा , पुर्णिामा प्रधान रहेकाछ्न ।
दिउँसो २ बजेबाट ५ बजे सम्म संचालित उक्त कार्यक्रममा अध्यक्ष पुर्णिामा शाहबाट सबै पदाधिकारीले शपथ ग्रहण पनि गरेका थिए ।
संस्थाका संस्थापक सदस्य तथा कोषाध्यक्ष कुमार गुरुङलाई प्रारम्भिक कालबाट नै संस्था माथि पुर्याएको उनको योगदानलाई गदर गर्दै सम्मान गरिएको थियोे ।