१३ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा १० जना आयातित  र  ३ वटा स्थानीय केस  परेका छ्न।

१०  जना आयातित मध्ये ५ जना भारतबाट , ४ जना पाकिस्तानबाट, १ जना भारतबाट ( पाँचै जना N501Y भेरिएन्ट बाहक)  २ जना इन्डोनेसियाबाट र २ जना फिलिपिन्सबाट( सबै N501Y भेरिएन्ट बाहक) र एकजना जापानबाट  आएका परेका छ्न।
हङकङमा कोरोना भाइरसको नयाँ म्युटेसन N501Y बोक्ने रोगीको संख्या २१० पुगेको छ।

हङकङमा कोरोना भाइरस संक्रमित कुल केस संख्या
११,६०८ पुगेको छ । आज संक्रमित हुनेमा १२ देखि ५५ वर्ष बीचका ४ पुरुष र ९ महिला परेकाछ्न।

लकडाउन

झन्डै चार हप्ताको अन्तर पश्चात् हङकङमा आज साँझ फेरि एम्बुस लकडाउन शाम सेङ इलाकामा पर्ने लिडो गार्डनको टावर-२ , ४०- ६३ क्यासल पिक रोडमा भएकोछ।

आजको संक्रमित सुचीमा परेका तीन जना रोगी यो लिडो गार्डन् निवासी रहेका छ्न।

अधिकारीहरुले आज बेलुकी ८ बजेबाट भोलि बिहान ७ बजे सम्मको लागि यहाँको एउटा ३६ तले भवनलाई सिलबन्दी गरेकोछ। रातको एक बजे भित्र यस भवनमा बस्ने १०५ परिवारले अनिवार्य कोरोना परिक्षण गरिसक्नुपर्नेछ।

यहाँ बस्ने तीन जना संक्रमित अप्रिल ३ तारीख चुन मुन र चुङ क्वान ओ इलाकामा चिङ मिङ फेस्टिवलमा चिहान बढार्न गएका थिए ।
यी तिनै जना एउटै परिवारका सदस्य हुन र एक जना अज्ञात स्रोतबाट  संक्रमित हुन। स्मरणीय छ गत शनिबारदेखि सोमवार सम्म एउटा पनि अज्ञात स्रोतवाला केस दर्ता भएको थिएन ।

गत लक डाउन चुङ क्वान ओ इलाकामा पर्ने लोहास पार्कको भवनमा मार्च १९ तारीख भएको थियो ।

तपाईको प्रतिक्रिया