१५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

गत अप्रिल १२ तारीख सोमबार अपरान्ह ४ बजे हङकङकि कार्यकारी प्रमुख क्यारी लाम खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानसंग मिडिया कन्फ्रेन्समा उपस्थित भएकी थिइन। हङकङले महामारीको चौथो लहरसंग जुधेको चार महिना भन्दा बढी भएको कुरा औल्याउँदै उनले महामारी विरुद्ध जारी प्रतिबन्धको मापदण्डलाई खुकुलो तुल्याउँदै लैजाने विकल्प अघि सारिन। बिशेष गरि रेस्टुरेन्ट र हवाई यात्रीहरुको मामलामा अहिलेको प्याकेज केन्द्रित रहेकोे छ। कोभिड भ्याक्सिन अभियानमा अधिक जनसहभागिता होस भन्ने उदेश्यसंग यो महामारी बिरोधि प्रतिबन्ध खुकुलो तुल्याउने रोड म्याप जोडिएको छ। र यस रोड म्यापलाइ चरणवद्व कार्यान्वयन गरिने भनिएको छ। तर यो रोड म्याप छिटोमा अप्रिल २९ तारीखबाट  मात्र  लागू हुनेछ।

पहिलो चरण

पहिलो चरण लागु  हुने अवस्था । यदि  कुनै पनि क्याटरिङ क्षेत्रमा कार्यरत सबै कामदारले कोभिड-१९ को पहिलो डोज भ्याक्सिन ग्रहण गरिसकेको अवस्था रहेमा उक्त रेस्टुरेन्टको एउटा टेबुलमा  अधिकतम ६ जनासम्म ग्राहक बस्न सक्नेछन जबकि अहिलेको मापदण्डअनुसार एउटा टेबुलमा अधिकतम  ४ जना सम्म  मात्र बस्न पाइन्छ । र रातको १२ बजे सम्म रेस्टुरेन्ट खोल्न पाइनेछ भने अहिले रातीको १० बजे सम्म मात्र खोल्न पाइने नियम छ।
उल्लिखित छुट वाहेकका अन्य नियम यथावत रहनेछ  जस्तै : रेस्टुरेन्टभित्र प्रवेश गर्ने सबैले ” लिभहोमसेफ” एप अनिवार्य प्रयोग गर्नु पर्नेछ र ज्येष्ठ नागरिकलाई  मात्र उनीहरुको लिखित निजि विवरण दिने छुट छ। प्रत्येक खानपान व्यवसायसंग संबंधित चमेनागृहले आफ्नो कुल क्षमताको ५०% क्षमतालाई मात्र परिचालन गर्न पाउनेछन ।

दोस्रो चरण

दोस्रो चरण लागु हुने अवस्था । यदि कुनै पनि  क्याटरिङ स्थलको सबै कामदारले कोभिड-१९ को दोस्रो डोज भ्याक्सिन ग्रहण गरिसकेको र संबंधित भोजनालयमा आउने सबै ग्राहकले कोभिड-१९ भ्याक्सिनको पहिलो डोज ग्रहण गरिसकेको स्थिति रहयो भने त्यो स्थान ” स्वच्छ स्थल ” रूपमा स्थापित हुनेछ। फलस्वरूप त्यो भोजनालयको एउटा  टेबुलमा अधिकतम ८ जना सम्म बस्न सक्नेछन् उक्त भोजनालयले बिहानको २ सम्म खुला रहन पाउनेछ। र ब्याङ्केट डिनरको लागि १०० जना सम्म भेला हुन सक्छ्न।

तेस्रो चरण

जब सबै स्टाफ तथा ग्राहकले दुबै डोज कोभिड -१९ भ्याक्सिन लगाइ सकेको स्थिति आउदछ तब तेस्रो चरण लागू भएको मानिनेछ र यस्तो स्थितिमा एउटा टेबुलमा ४ जनाको सट्टामा १२ जना सम्म बसाउन सकिनेछ। बाकी अन्य अवस्थाको हकमा दोस्रो चरण कै मापदण्ड लागू हुनेछ।

सरकारले गत चार महिनादेखि  पुर्णतः बन्द गरेका ६ वटा स्थानहरु  जस्तै बार, बाथहाउस ( स्नान गृह ), माजोङ पार्लर , नाइटक्लब, काराओके आदि पुरै मारमा परेको अवस्था छ। तर सरकारले यसपटक यी व्यवसायलाई पनि विस्तारै विउताउने हेतुले राहत प्याकेज ल्याएको छ।

यदि संपूर्ण स्टाफ र कस्टमरले भ्याक्सिनको पहिलो डोज लिएमा सबै बार तथा नाइट क्लबलाई व्यवसाय पुन परिचालन गर्ने अनुमति दिइनेछ। पहिलो चरणको शर्तहरु पुरा भएको ८ हप्ता पश्चात् सबै स्टाफ र कस्टमरले भ्याक्सिनको दोस्रो डोज लगाउनु पर्दछ जसले गर्दा अवस्थामा थप खुकुलोपन आउदछ। तत्कालीन अवस्थाको लागि यी पीडित क्षेत्रलाई  सम्बोधन गर्ने गरि सरकारले हङकङ डलर ४० करोड बराबरको महामारी बिरोधि अनुदान रकम ल्याउने भएकोछ।

यात्रा व्यवस्थापन

. न्यून जोखिमयुक्त देश जस्तै सिंगापुर , अष्ट्रेलिया र न्युजिल्यान्डबाट आएका यात्रुको क्वारेन्टाइन अवधि १४ दिनबाट  घटाएर ७ दिन वा सो भन्दा कम बनाइने छ।

. मध्यम जोखिमयुक्त देशबाट आउने यात्रुको क्वारेन्टाइन अवधि अहिले अभ्यासमा रहेको २१ दिनबाट घटाएर १४ दिन वा सो भन्दा कम बनाइनेछ।

.भ्याक्सिन लगाइसकेका हङकङ बासिन्दाले पनि हङकङसंग  कोरोना करिडोर अथवा हवाई यात्रा बबल ( air travel bubble ) स्थापना भएको मुलुक भ्रमण गर्दा कम क्वारेन्टाइन अबधि बस्नु पर्नेछ ।

नोट : हङकङमा रहनु हुने महानुभावले तलको लिङ्कमा क्लिक गरेर भ्याक्सिन बुक गर्न सक्नु हुनेछ ।

https://www.covidvaccine.gov.hk/en/

तपाईको प्रतिक्रिया