१६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १७ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६३६ पुगेकोछ।

आज घोषित केस अन्तर्गत ११ जना आयातित र ६ जना पुर्व केसबाट संक्रमित स्थानीय परेका छ्न।

११ जना आयातित केस मध्ये ५ जना इन्डोनेसियाबाट ,२ जना फिलिपिन्सबाट ,२ जना  भारतबाट , १ जना पाकिस्तानबाट र १ जना फ्रान्सबाट आएका परेकाछ्न।

५ वटा लोकल केसमा हिजो अज्ञात स्रोतबाट संक्रमित भएकी  २९ वर्षीया महिलाका पारिवारिक सदस्यहरु परेकाछ्न। तेस्रो तल्ला , स्काइलाइन टावर , काउलुन बे स्थित क्वालिटी हेल्थ केयर नर्सिङ एजेन्सीमा एक अकाउन्ट् म्यानेजरको रूपमा उनी काम गर्छिन ।
उनी आफ्नो परिवारसंग निम्न वतनमा बस्छिन – ब्लक १९, मिडोल्याण्ड्स ,६० तान  क्वाइ चुन रोड, युन लङ।

अर्को स्थानीय केसमा एक ३९ वर्षकी महिला परेकी छिन  जो ब्लक ३ , ओइ फाइ हाउस , याउ ओइ स्टेट, चुन मुनमा बस्छिन ।

तपाईको प्रतिक्रिया