१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज ग्रहण गरेको सात दिनपछि एक जना ६३ वर्षका पुरुषलाई कोभिड-१९ संक्रमण भएकोछ। अप्रिल ७ तारीख उनले  दोस्रो डोज भ्याक्सिन लगाएका थिए । दोस्रो डोज भ्याक्सिन लगाइसकेपछी भएको संक्रमित पहिलो केस हो यो हङकङमा ।

स्वास्थ रक्षण केन्द्रको रेकर्ड अनुसार ६३ वर्षीय ती पुरुष ब्लक २ ओइ फाइ बिल्डिङ, याउ ओइ स्टेट, चुन मुन निवासी हुन। अप्रिल १५ तारीख उनिमा लक्षण देखा परेको थियो । अप्रिल १७ तारीख डाक्टर च्वाङ सुक क्वान पत्रकार सम्मेलनमा भने अनुसार उक्त रोगी हङकङ ह्युमन रिसोर्स सेन्टर , युन लङमा प्राविधिक प्रशिक्षकरूपमा कार्यरत थिए ।
उनले याउ ओइ स्पोर्ट्स सेन्टर , कम्युनिटी भ्याक्सिनेसन सेन्टर चुन मुनमा  १० मार्चका दिन पहिलो र ७ अप्रिलका दिन  दोस्रो डोज भ्याक्सिन लगाएका थिए ।१४ अप्रिलका दिन उनले पुन परिक्षण गराउदा उनमा पोजिटिभ  देखिएको हो।

भ्याक्सिन वितरक कम्पनीले दिएको सूचना अनुसार  साइनोभ्याक भ्याक्सिन ग्रहण गरिसकेपछि शरीरमा रोग निरोधक तत्व अर्थात एन्टिबडी बिकास हुन केहि समय लाग्दछ। दोस्रो डोज लिएको १४ दिन पछि यथेष्ट एन्टिबडी उत्पादन हुदछ र प्रभावकारी ढंगले भ्याक्सिनले शरीरलाई रक्षा गर्दछ।

स्वास्थ रक्षण केन्द्रका प्रवक्ताले भने भ्याक्सिन लिइसके पश्चात् पनि भौतिक दुरि कायम राख्ने, हातको सरसफाइ राम्रोसँग गर्ने तथा सार्वजनिक स्थानमा मास्क लाउने जस्ता काम निरन्तर गर्नु पर्दछ , जसले गर्दा यो रोग कसैलाई सर्ने जोखिम कम भएर जाँदछ।

तपाईको प्रतिक्रिया