१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ३० वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६८४ पुगेकोछ।

आज घोषित केस अन्तर्गत २९ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न।

२९ जना आयातित केस मध्ये  २२ जना भारतबाट आएका परेकाछ्न । भारतबाट आएकाहरु निम्न होटलमा क्वारेन्टाइन समयावधिमा बसेका थिए – रमादा हङकङ ग्रयाण्ड भीउ नर्थ पोइन्ट , रमादा हङकङ ग्रयाण्ड भीउ , साइ यीङ पुन, रिगल एयरपोर्ट होटेल, डोरसेट होटेल वान चाइ ।

अन्य आयातित केसमा ४ जना इन्डोनेसियाबाट ,१ जना इजिप्टबाट , एक जना फिलिपिन्सबाट र एक जना क्यानाडाबाट आएकाछ्न।

पुर्व संक्रमित केससंग संबंधित स्थानीय केस अन्तर्गत   एक जना पार्कस बिल्डिङ , पार्कस स्ट्रीट, जोर्डन निवासी एक ३१ वर्षीया महिला परेकी छिन। कोरोना भाइरसको नयाँ नश्ल ( N501Y) द्वारा संक्रमित २९ वर्षीय भारतीय पुरुषको साथी यीनै महिला  हुन । दुबईबाट आएका ती  भारतीय पुरुषमा झै ती महिलामा पनि संक्रमण जनित कुनै लक्षण देखिएको थिएन । ती महिला पनि भाइरसको नयाँ म्युटेसनबाट  संक्रमित छिन या छैनन् तसल्ली भैसकेको छैन ।

दुबईबाट आएका ती भारतीय मुलका पुरुष २१ दिन सम्मको क्वारेन्टाइन अवधि सकेपछि  फेरि दुबई फर्कनको लागि परिक्षण गर्दा पोजिटिभ देखिएका हुन। यो केसको सन्दर्भलाई हङकङ सरकारले होटेल क्वारेन्टाइनको मापदण्ड र हवाईसेवा माथि प्रतिबन्ध लाउने कुरा माथि छ्लफल गर्ने भएकोछ।

स्वास्थ मन्त्री शोफिया च्यानले आज अप्रिल १८ तारीख आइतबार रेडियो आर्टिएचकेमा बोल्ने क्रममा विशेषज्ञसंग परामर्श लिएर नयाँ मापदण्डबारे निर्णय गर्ने  बताइन ।

मकाउले भने मार्च १९ पूर्वाह्न १२ बजेबाट लागू हुने गरि इन्डिया , पाकिस्तान र फिलिपिन्सबाट आएका जोकोहीलाई २८ दिन सम्म क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएकोछ। २८ दिनको क्वारेन्टाइन समाप्त भएपछि निजले अरु ७ दिन आफ्नो स्वास्थ व्यवस्थापन अनिवार्य गर्नुपर्ने नियम समेत राखिएकोछ।

तपाईको प्रतिक्रिया