१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

कोरोनाभाइरसको रूपान्तरित नयाँ नस्ल N501Y बाट संक्रमित पहिलो केस हङकङमा फेला परेपछि हङकङ सरकारले २ हप्ताको लागि इन्डिया , पाकिस्तान र फिलिपिन्सबाट आउने फ्लाइटमाथि प्रतिबन्ध लगाएकोछ। र यो प्रतिबन्ध मंगलबारको मध्य रातबाट लागू हुने भएकोछ।

दुबईबाट फर्किएका एकजना २९ वर्षीय भारतीय मुलका पुरुष २१ दिने क्वारेन्टाइन अबधि समाप्त भएपछि जोर्डनको पार्क्स बिल्डिङ्मा बसेका थिए जहाँ उनलाई कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियोे ।

बितेको दुई  हप्तामा इन्डिया , पाकिस्तान र फिलिपिन्सबाट कोरोना भाइरसको नयाँ म्युटेसन N501Y बोकेका यात्रुहरू निरन्तर आएका कारणले ती देशबाट आउने हवाइजहाजलाई निलम्बन गर्नु परेको हो सरकारी प्रवक्ताले भने।

आइतबार स्वास्थ मन्त्री सोफिया च्यानले उक्त पुरुषलाई दुबईमा नै इन्फेक्सन भएको हुनसक्छ  तर इन्क्युबेसन अबधि लामो भएको हुनसक्छ भनेकी थिइन । अथवा उनलाई विमानस्थल , उनी बसेको होटेल  वा कम्युनिटीमा पनि इन्फेक्सन भएको हुन सक्ने मत पनि  दिएकी थिइन।

तर उक्त संक्रमित व्यक्ति क्वारेन्टाइन बसेको होटेलको भेन्टिलेसन प्रणाली र पाइपहरुमा कुनै असामान्य अवस्था नदेखिएको कुरा पनि मन्त्रीले स्पष्ट पारेकी थिइन।

दुबईबाट आएका उक्त व्यक्ति आफ्नो क्वारेन्टाइन अवधि सकेर जोर्डनको पार्क्स बिल्डिङमा जोसंग बसेका थिए  उनै ३१ वर्षकी महिला समेत संक्रमित भएपछि उल्लिखित देशबाट आउने जहाजलाई रोक्का गरिएको हो।

यो नयाँ  प्रतिबन्धको नियम अनुसार  विगत तीन हप्ताको अवधिमा इन्डिया , पाकिस्तान र फिलिपिन्स घुमेका जोकोही व्यक्तिलाई हङकङ प्रवेश गर्न मनाही गरिएकोछ।

तपाईको प्रतिक्रिया