१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १२ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६९६ पुगेकोछ।

आज घोषित केस अन्तर्गत ११ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न।

११ जना आयातित केस मध्ये  ७ जना भारतबाट,३ जना फिलिपिन्सबाट र एक जना अमेरिकाबाट आएका परेका छ्न।

चुन वानमा लक डाउन

सोमबार बेलुकी ८ बजेबाट  सरकारले चुन वान स्थित ब्लक ४ बेल्भेडर गार्डन् फेज -२ , ६२० क्यासल पिक रोड र फु विङ बिल्डिङ १-५ फु यङ स्ट्रीटमा एम्बुस लकडाउन गरेकोछ।

सरकारले जारी गरेको विज्ञप्तिमा उपरोक्त दुई भवनका सम्पुर्ण वासिन्दा रातभरि घरमै बस्नुपर्छ र अनिवार्य कोरोना टेस्टमा जानू पर्दछ भनिएको छ।

अनिवार्य टेस्टमा नेगेटिभ देखिएका नागरिकहरु मंगलबार बिहान ७ बजेपछि भवन बाहिर जान सक्नेछ्न।

आज हङकङमा सरदर १० जना प्रारम्भिक पोजिटिभ देखिएका छ्न।  माथिको दुई भवनमा अज्ञात स्रोतवाला प्रारम्भिक पोजिटिभ केस देखिएकाले यो लक डाउन आदेश जारी गरिएको हो।

साइनोभ्याक भ्याक्सिन लाएपछी एक जनाको मृत्यु

हङकङमा कोभिड खोप परियोजना परिचालन भएपछि साइनोभ्याक भ्याक्सिन ग्रहण गरे पश्चात फेरि एक जना पचास नाघेका एक व्यक्तिको मृत्यु भएकोछ। भ्याक्सिन लाए पश्चात् मृत्यु हुनेको कुल संख्या हङकङमा १७ पुगेको छ।

रिपोर्ट अनुसार मृतकको शरीरमा कुनै त्यस्तो दीर्घ रोग थिएन । हिजो अप्रिल १८ तारीख ऊनी अचानक अचेत भएपछि नर्थ डिस्ट्रीक अस्पतालमा भर्ना गराइएको थियो जहाँ उनको मृत्यु भएको थियो ।

हङकङमा चीन निर्मित साइनोभ्याक भ्याक्सिन लाएपछि १५ जना र जर्मन निर्मित बायोएन्टेक भ्याक्सिन लाएपछी २ जनाको मृत्यु भएकोछ।

तपाईको प्रतिक्रिया