काठमाडौं– नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक गरिएको उक्त गीतमा गायक दीपक लिम्बु तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ । गीतमा फिल्मका मुख्य कलाकार विशाल तथा प्रितिकालाई फिचर गरिएको छ । सन्तोष प्रगाढको संगीत निर्देशनको उक्त गीतमा शंकर अधिकारी घायलका शब्दहरु छन् । राजन महर्जनले उक्त गीतमा कोरियोग्राफी गरेका छन् । कृष्ण पाण्डे यसका छायांकार हुन् भने विश्वास भण्डारीले यसलाई सम्पादन गरेका छन् ।गीतको भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय दृष्यहरुलाई समेटिएको छ । कोरोनाको प्रकोप घटेको खण्डमा यो फिल्म असारको दोस्रो साता प्रदर्शन हुने तयारीमा छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती, अमन कुमार देवको निर्माण तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा यो फिल्म बनेको हो ।

तपाईको प्रतिक्रिया