२१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

१५ अप्रिल बिहीबारदेखि हराएकी एक महिला हाइकर अन्ततः काउलुन पिकमा अप्रिल १८ तारीख साँझ ५ बजेतिर अचेत अवस्थामा  फेला परिन। ५:३५ बजे तिर हेलिकप्टरले  उद्वार गरि उनलाई पामेला योदे नेदरसोल इस्टर्न अस्पताल चाइ वानमा पुर्याएको थियो जहाँ  उनको अवस्था जाचेपछी उनलाई तत्काल मृत्यु घोषित गरिएको थियो ।

नाम सान स्टेट , शेक किप मेइ निवासी डन शेक लोक-किउ  नामक उक्त २४ वर्षकी  महिला पेशाले होटेलकि सेफ थिइन । अप्रिल १५ तारीख बिहीबार दिउँसो २.२० बजे उनी हाइकिङ जुत्ता, विन्डब्रेकर ज्याकेट र ब्याकप्याकमा सजिएर घरबाट निस्किएकी थिइन ।

उक्त दिन वास्तवमा ऊनी कता हिडेकी हुन परिवारमा कसैलाई पनि जानकारी थिएन । तर उनको हुलिया र कम्प्युटरको सर्च रेकर्ड हेर्दा हाइकिङ्को लागि काउलुन पिक गएको बिश्वास परिवारले गरेका थिए । समरण रहोस् काउलुन पिकको सुसाइड क्लिफ (आत्महत्या डाडो ) हाइकरहरु माझ ज्यादै लोकप्रिय स्थान हो।  प्राय जसो साथीहरूसंग हाइकिङ गर्ने ऊनी उक्त दिन एक्लै हिडेकी थिइन।

हराएको तीन दिन पछि काउलुन पिक एरियामा उद्वारकर्मीले खोजी कार्यलाई अघि बढाउने क्रममा उनलेे लगाएको हयाट (टोपी ) भेटाएका थिए ।

उनको परिवारले चौतर्फी खोज्दा पनि उनलाई नभेटेपछि पक्कै पनि हाइकिङ गएको बाटोमा केहि भयो होला भनेर प्रहरीलाई रिपोर्ट  १६ तारीख गरेका थिए ।

अप्रिल १८ तारीख बिहान करिब ९:३० बजेतिर चार जना फायरमेनले आफ्नो खोजी कर्मलाई  हाइकिङ ट्रेल वरपर जारी राख्दा एउटा मानव आकृति जस्तो बस्तु फेला पारेका थिए । तर त्यो वस्तु मानिस नभएर विन्ड ब्रेकर ज्याकेट र ब्याक प्याक भएको कुरा पछि थाहा भयो।

तर भेटिएका ती सामानहरु शेकको नभएको उनको परिवारका सदस्यले बताए ।

१०० जना भन्दा बढी बिशेष  उद्वारकर्मी, हेलिकप्टर , ड्रोन, कुकुर ,१२ वटा दमकल, २ वटा एम्बुलेन्स  सहित २० घन्टा भन्दा बढी  उनलाई खोज्ने क्रम जारी रहयो। शनिबार रातबाट फायर सर्भिसको हाइ एङ्गल रेस्क्यु टिम, माउन्टेन सर्च एन्ड रेस्क्यु टिम,प्रहरीको ट्याक्टिकल युनिट र सिभिल एड सर्भिस अफिसर यो खोजीमा सहभागी  थिए ।

ऊनी गएको पहाडभरी खोज्ने क्रममा करिब बिहान २ बजेतिर उनले लगाएको निलो रंगको एक जोर जुत्ता मध्ये एक उनले लगाएको टोपी भेटिएको स्थान भन्दा करिब ५०० मिटर पर काउलुन पिक सनसेट ट्रेल नजिक  भेटियो। सरकारी हवाई सेवाले पठाएको हेलिकप्टरले घटनास्थल र आसपासका एरियामा बत्ति बालेर खोजी कार्य जारी राखेका थिए ।

शेकको अन्तिम फोन सिग्नल शनिबार बिहान ८:१९ बजे चियाप किङ इन्डस्ट्रीयल बिल्डिङ , सान पो कोङ मा रेकर्ड भएको थियो ।

काउलुन पिक एरियामा दिन भरिको सघन खोजी कार्य पश्चात् अन्ततः बेलुकी करिब ५ बजे तिर एक महिलालाई पहाडको टुप्पोमा अचेत अवस्थामा भेटिएको थियो । ती महिलालाई मानिसले सशरिर उद्वार गर्न खतरा भएपछि हेलिकप्टरले उनलाई  उद्वार गरेको थियो । ती अचेत महिला शेक नै भएको ठहर भयो र तिनको मृत्यु भएको पनि  घोषणा गरियो अस्पतालमा ।

तपाईको प्रतिक्रिया