६ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा

आज हङकङमा कोभिड लाग्ने ९५ जना थपिएका मध्ये ४८ पुरुष र ४७ महिला ७ देखि ९२ वर्ष बीचका रहेका छन जसभित्र ८ आयातित र ८७ स्थानीय संक्रमण परेकाछ्न।

आज नै क्वाइ सिङ वेस्ट एस्टेट ब्लक ८ को पाचौं तलाका १२ निवासीमा संक्रमण देखियो। पाँच परिवारका यी संक्रमित मध्ये एउटा परिवारको लिङ्क डान्स ग्रुप संग रहेकोछ।

“यी परिवारहरु बिच आपसी चिनजान र भेटघाट केही थिएन। संक्रमण पक्कै पनि भाइरस भएको सार्वजनिक चिज जस्तै लिफ्ट , रेलिङ,एउटै लिफ्ट प्रयोग गर्नुबाट हुन सक्छ” डाक्टर आउ भन्छ्न।

आजको १८ केस डान्स ग्रुपसंग संबंधित छ्न। वृद्ध स्याहार केन्द्रबाट आजको पाँच केस थपिएको समेत गरेर जम्मा १५ केस पुगेकोछ।

स्वास्थ बिभागले जनाए अनुसार लोहास पार्क फेज ९ चुङ क्वान ओबाट आज ९ जना थपिएका छ्न।यो समुहबाट संक्रमित हुने संख्या ४५ पुगेको छ।

हङकङमा आएको कोभिड चौथो लहरबाट धेरै जसो उच्च आय भएका मानिसहरु संक्रमित भएकाछ्न।यस भन्दा अगाडिका लहरबाट न्यून आय भएका हरु पीडित थिए ।उच्च आय भएकाहरूले आफुलाइ कता बाट संक्रमण भएको बताउन नमानेकाले संक्रमणको स्रोत खुट्याउन अधिकारीहरु गाह्रो भएकोछ।

तपाईको प्रतिक्रिया