२४ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

एक ५८ वर्षकी एक महिलाले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिन दोस्रो डोज अप्रिल १३ तारीख लगाएकी थिइन। अप्रिल २२ तारीख बिहीबार बिहान  उनी अचानक बेहोस भएपछि उनलाई उपचारको लागि युनाइटेड क्रिश्चियन अस्पताल पुर्याइएको थियो । दुर्भाग्यवश हिजो २३ तारीख बिहान सबेरै २ बजे उनको निधन भयो। साइनोभ्याक भ्याक्सिनको पहिलो डोज उनले मार्च १६ तारीखका दिन लिएकी थिइन।

स्वास्थ बिभागले दर्शाए अनुसार खोप लिएपछि भएको संकास्पद मृत्युबारे जानकारी हिजो दिउँसो ४ बजेपछि हस्पिटल अथोरिटिले दिएको थियो । मृत्यु हुने उक्त  ५८ वर्षीया महिला उच्च रक्तचाप र मोटोपनबाट पीडित थिइन।
हस्पिटल अथोरिटी दिएको सूचना अनुसार मस्तिष्कको निश्चित पत्रमा रक्तस्राव (subarachnoid hemorrhage) र हृदयघात ( cardiac arrest) भएर उनको मृत्यु भएको थियो ।

२२ अप्रिलका दिन बायोएन्टेक कोमिनार्टी भ्याक्सिन लगाएका एक ४३ वर्षका पुरुषको मृत्यु भएको थियो । रगतमा बोसोको मात्रा बढी हुने रोग ( hyperlipidaemia) र मोटोपनबाट ग्रसित उक्त व्यक्तिको मृत्यु हृदयघातबाट भएको थियो । १८ अप्रिलका दिन उनले कोमिनार्टी भ्याक्सिनको पहिलो डोज लिएका थिए ।

अप्रिल २२ तारीख बिहान आफ्नै ओछ्यानमा सुतिरहेका अवस्थामा  एक ६६ वर्षीया महिलाको मृत्यु भएको थियो । उनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिनको दोस्रो डोज साइ वान हो स्पोर्ट्स सेन्टर कम्युनिटी भ्याक्सिनेसन सेन्टरमा १२ अप्रिलमा लिएकी थिइन।

कोहङकङमा अहिलेसम्ममा कोरोना भाइरस भ्याक्सिन ग्रहण गरेपछि मृत्युवरण गर्नेको संख्या २२ पुगेकोछ। जस मध्ये ४ जनाले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन लिएका थिए भने १८ जनाले साइनोभ्याक भ्याक्सिन लगाएका थिए ।
तथापि मृत्यु र कोभिड-१९ खोप बीच कुनै सम्बन्ध नरहेको पुष्टि विज्ञको कार्यदलले गर्दै आएकोछ।

तपाईको प्रतिक्रिया