७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।

अज्ञात स्रोतबाट कोरोना भाइरस संक्रमितको संख्या नघटेपछी यसपटकको चौथो वेभले विकराल रुप लिने आकलन विज्ञ जनले गर्न थालेकाछ्न।

संक्रमण रोग विशेषज्ञ डाक्टर ल्यङ चि चिउ चेतावनी दिदै भन्छ्न – हङकङरहरुले बाहिर जाने बानीलाई रोक्नु पर्छ अन्यथा जति नै कडा सामाजिक दुरि संबंधी नियम बनाएपनी केहि हुनेवाला छैन।

” अहिले पनि कतिपय मानिस बाहिर गएर भेला हुने काम गरिरहेछ्न” । एउटा रेडियो कार्यक्रममा चिउले भने।

संक्रमणको यथावत समुह बढोत्तरी भइरहेको अवस्थामा क्वाइ चुङ स्थित क्वाइ सिङ वेस्ट एस्टेट्को ब्लक ८ मा १२ जना एकचोटि संक्रमित भएर नयाँ समुहलाई जन्म दिएकोछ।

क्रीसमसको अवसरमा मानीसहरु बाहिर गै जमघट गर्ने भएकोले चौथो लहर आयु यो वर्षको अन्त सम्म रहने कुरा विज्ञ ले गरेकाछ्न।

तपाईको प्रतिक्रिया