काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न निर्णय गरेको छ । सीसीएमसीको आज बसेको बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै, बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको छ ।

विद्यार्थीमा कोरोना संक्रमण देखिए स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ ।

त्यस्तै बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया