२५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ६ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,७३६ पुगेकोछ। हङकङमा कोभिडबाट मृत्यु हुनेको संख्या २०९ पुगेकोछ।

आज घोषित केस अन्तर्गत ४ जना आयातित र २ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न।

४ जना आयातित केस मध्ये  ३ इन्डोनेसियाबाट  र १ जना फिलिपिन्सबाट आएका परेका छ्न।

स्थानीय केस अन्तर्गत एक जना ६० वर्षीय पुरुष र एकजना ५६ वर्षीया महिला रहेकाछ्न । यी दुवै जना ब्लक ४, ला साइट नोबल , चुङ क्वान ओ निवासी हुन। क्वारेन्टाइन अवधिमा रहेकोे बेला यी दुई स्थानीय केसमा पोजेटिभ देखिएको हो।

आयातित केस मध्ये एकजना ३९ वर्षीया डोमेस्टिक हेल्पर जसमा भाइरसको नयाँ प्रजाती N501Y भेटिएको छ। ती महिला लक्षणहिन थिइन र उनको नमूना संकलन क्वारेन्टाइन बसेको बाह्रौं दिनमा डोरसेट मङ कोक होटेलबाट गरिएको थियो ।

फिलिपिन्स , भारत र पाकिस्तानमा कोभिड-१९ को अवस्था विकराल भएपछि हङकङले अप्रिल २० तारीखबाट शुरु हुने गरि १४ दिनको लागि उक्त देशबाट आउने हवाइजहाजलाइ बन्द गरेको छ र हङकङका मेडिकलविदहरुले ती देशहरूको स्थितिमा सुधार नआएसम्म बन्द अवधि बढाउनुपर्ने सुझाव दिएकाछ्न।
फिलिपिन्सको फ्लाइटमाथि लागेको प्रतिबन्धका कारण करिब १,८०० जना डोमेस्टिक वर्कर फिलिपिन्समा अड्किएकाछ्न।

मजदुर तथा कल्याण मन्त्री ल चि- क्वङले प्रस्तुत गरेको तथ्यांक अनुसार महामारीका कारण हङकङमा अहिले डोमेस्टिक वर्करको संख्या घटेर ४००,००० बाट घटेर सरदर  ३७०,००० पुगेकोछ।

विगत २ हप्ताबाट  फिलिपिन्समा दिनहुुँ १०,००० को दरले कोभिड संक्रमण भैरहेकाछ्न। त्यहा मार्चबाट खोप परियोजना संचालन भएको हो। १० करोड ८० लाख जनसंख्या भएको फिलिपिन्समा अहिलेसम्ममा केवल १.३ प्रतिशत जनसंख्याले मात्र भ्याक्सिनको पहिलो डोज लगाएकाछ्न।

हङकङमा पनि फेब्रुअरीको अन्तिमबाट  शुरु भएको खोप अभियान अन्तर्गत केवल ११ प्रतिशत जनसंख्याले मात्र भ्याक्सिनको एक डोज लिएको देखिन्छ हालसम्म।

अर्थ मन्त्री पल च्यान मो- पोले आइतबार आफ्नो ब्लग मार्फत यस्तो सुस्त गतिमा खोप लिने काम भएमा यसले निजी र शहर कै आर्थिक जिवनलाइ सामान्य हुन दिदैन भनेकाछ्न।
“हामीले यथाशीघ्र महामारीलाई पुर्ण नियन्त्रणमा ल्याउनु पर्दछ फलस्वरूप व्यापार र पर्यटकको आवतजावतलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खुला गर्न सकियोस् अन्यथा सबै क्षेत्रको जब मार्केटमा सुधार ल्याउन कठिन हुदछ।” उनले भने।

तपाईको प्रतिक्रिया