२७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

एक ७६ वर्षका  एक पुरुषले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिनको पहिलो डोज मार्च ३ तारीख र दोस्रो डोज मार्च ३१ तारीख  लगाएका थिए । स्वास्थ बिभागले दिएको जानकारी अनुसार अप्रिल ५  तारीख  बिहान    उपचारको लागि चुङ क्वान ओ  अस्पतालमा ऊनी भर्ना भएका थिए  । उपचारको क्रममा उनलाई स्ट्रोक भएको कुरा पत्ता लाग्यो र हिजो अप्रिल २६ तारीख बेलुकी  उनको निधन भयो।

अप्रिल २६ तारीख कै दिन एक जना ६३ वर्षीय पुरुषको मृत्यु भएको रिपोर्ट हस्पिटल अथोरिटिले दिएको थियो । हाइपरलिपिडिमिया ( रगतमा बोसोको मात्रा उच्च हुने रोग) भन्ने रोगबाट पीडित उक्त रोगीको शरीर स्वतस्फूर्त बटारिन थालेपछि   २६ तारीख बिहान उनलाई कङ्ग वा अस्पतालमा लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
प्राप्त जानकारी अनुसार ऊनी एक डाक्टर थिए र  मृत्यु हुनु भन्दा १० दिन अगाडि अर्थात अप्रिल १६ तारीख साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज काउलुन अस्पतालमा लगाएका थिए । भ्याक्सिन लगाए पस्चातको निरिक्षण अवधिमा ऊनीमा कुनै पनि किसिमको असहजपन देखिएको थिएन ।
स्वास्थ बिभागका अनुसार उपरोक्त मृत्युको पछाडि कोरोना भाइरस भ्याक्सिनको कुनै हात रहेको पुष्टि गर्ने कुनै क्लिनिकल प्रमाण नरहेको अवस्था छ ।

कोहङकङमा अहिलेसम्ममा कोरोना भाइरस भ्याक्सिन ग्रहण गरेपछि मृत्युवरण गर्नेको संख्या २४ पुगेकोछ। जस मध्ये ४ जनाले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन लिएका थिए भने २० जनाले साइनोभ्याक भ्याक्सिन लगाएका थिए ।
तथापि मृत्यु र कोभिड-१९ खोप बीच कुनै सम्बन्ध नरहेको पुष्टि विज्ञको कार्यदलले गर्दै आएकोछ।

तपाईको प्रतिक्रिया